धनगढी -सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको लगानी तथा बिकास सम्मेलनको पुर्व तयारी सम्मेलनमा सहभागी भएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले लगानीमैत्री नीति तथा कानुनहरू निर्माण गरेर बढीभन्दा बढी लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारको रहेको बताईन ।
कुनै पनि देशको आर्थिक विकासको इन्जिन भनेको निजी क्षेत्र भएको उल्लेख गर्दै मन्त्री डा राणाले वर्तमान सरकार र आफ्नो पार्टी नेपाली काँग्रेस रहेको स्पष्ट रहेको बताईन । जुनसुकै लगानीका लागि पनि राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्दछ, भन्दै उनले देशलाई स्थिर सरकार दिन पनि दुुई ठुला दल मिलर सरकार बनाएको बताईन । त्यस्तै उनले कुनै पनि देशमा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न स्वदेशी लगानीकर्ताहरूलाई पनि उचित वातावरण आवश्यक पर्ने भन्दै उनले भनिन, यो वास्तविकता बुझेर वर्तमान सरकारले काम गरिरहेको छ।’
मन्त्री डा राणाले सुदूरपश्चिम पर्यटन, संस्कृति, कृषि उपजलगायत धेरै क्षेत्रमा धेरै सम्भावना बोकेको प्रदेश हो भन्दै सो क्षेत्रमा बढीभन्दा बढी लगानी गरेर मुनाफा लिन निजी क्षेत्रलाई आह्वान पनि गरिन्। उनले मन्त्री राणाले राजनीतिक विचार र आस्था जेसुकै भएपनि विकासका लागि भने एकजुट हुनुपर्ने बताएकी हुन् ।
मन्त्री राणाले लगानी तथा विकास तयारी सम्मेलनको उद्घाटन गरेकी थिइन ।

सम्मेलन यही जेठ २० बाट सरु भएपनि औपचारिक उद्धघाटन २१ गते धनगढीको रुवश होटलमा गरिएको थियो।
प्रदेशको प्रचुर प्राकृतिक स्रोत, अपार सांस्कृतिक सम्पदा रणनीतिक भौगोलिक अवस्थिति, पर्याप्त आर्थिक विकासको सम्भावनालाई उजागर गरी रुपान्तरणकारी आर्थिक वृद्धि हासिल गर्ने उद्देश्य परिपूर्तिका लागि प्रदेश सरकारबाट प्रथम लगानी सम्मेलन आयोजना गर्न लागिएको हो।
सम्मेलनमा संघीय, प्रदेश र स्थानीय तहका सरकार, बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदार संस्था, मित्र राष्ट्रहरू, व्यवसायिक प्रतिष्ठानहरू, स्वदेशी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरू, नीति निर्माता, लगानीकर्ता, व्यवसायिक नेतृत्व, बैंक तथा वित्तीय संस्था, एनआरएनएका अग्रणीहरू, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ, लगानी विद्, विषय विज्ञ, अनुसन्धानमूलक संस्था, स्थानीय उद्यमी, स्टार्टअप उद्यमीलगायतका सरोकारवालाहरू तथा मिडियाकर्मीको सहभागिताका रहेको थियो ।सम्मेलनमा उद्योग, खानी, खनिज, शिक्षा तथा स्वास्थ्य, पूर्वाधार तथा यातायात, कृषि तथा जडिबुटी, उर्जा, सञ्चार प्रविधि र पर्यटनलगायतका क्षेत्रहरूमा लगानी प्रवद्र्धनको वातावरण निर्माण गर्न सरकारी, निजी र सहकारी क्षेत्र बीचको साझेदारीलाई सशक्त बनाई लगानी वृद्धि र नविन व्यवसायिक सक्रियता मार्फत समृद्धि, विकास र रोजगारीका अवसर अभिवृद्धि गर्नका लागि वातावरण सृजना गर्ने लक्ष्य लिइएको छ।
‘सुदूरपश्चिमको सशक्तीकरण स् लगानी, नवप्रवर्तन र उन्नति’ मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन असोज १ र २ गते आयोजना गर्दैछ।

इडटपेन 









