धनगढी-बेहडाबाबा मन्दिरमा बिहिवार (भोली)देखि लाग्ने मेलाका लागि धनगढी उपमहानगरपालिकाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। मेला भर्न जाने सर्वसाधारणको सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिन लागेको हो उप महानगरपालिकाले जनाएको छ ।
यात्रुको सुविधाका लागि धनगढी १७ नम्वर वडाको शिवगङ्गा नदी देखि बेहडाबाबा मन्दिरसम्म बुधवार राति १२ बजेदेखि बिहिवार साँझसम्म तीर्थालु भक्तजनहरूको सहजताका लागि निस्शुल्क बस सञ्चालन गरिन लागेको मेयर गोपाल हमालले जानारी दिए ।
उनले बेहडाबाबा मन्दिर जाने सडक साँघुरो भएकाले यात्रुहरू जाममा पर्ने समस्या समाधान गर्न निस्शुल्क बस सेवा प्रदान गर्ने गरिएको बताए ।

इडटपेन 









