बिद्यालयको नाममा २ बिगाहा जग्गा दान

 

धनगढी- कैलारी गाउँपालिका- ७ बसन्तास्थित राष्ट्रिय आधारभूत विद्यालयले २ विघा जमिन दानमा पाएको छ । धनगढी उपमहानगरपालिका १ बस्दै आएका ४७ वर्षिय चन्द्रसिंह चौधरीले स्कुल नजिकैको आफ्नो पुर्खौली जमिन विद्यालयको नाममा दान गरिदिएका हुन ।

थारु अगुवा समेत रहेका चौधरीले आफूले शिक्षाको पाइला टेकेको विद्यालयको शैक्षिक विकास, सामाजिक सचेतना तथा विद्यालयको स्थायी उन्नतीको लागि आफ्नो नाममा रहेको गाउको जग्गालाई दानमा दिएको बताए । हाल सो जग्गाको मूल्यांकन ८० लाख बढी छ ।

बुवा फोनिराम चौधरी र आमा स्वर्गिय नोखिया देवी डंगौराको कोखबाट जम्मिएका शिक्षाप्रेमी चौधरीको जग्गा दानले विद्यालयलाई अतुलनीय योगदान पुगेको विद्यालयले जनाएको छ ।

यसैबीच विद्यालयले जग्गा दानवीर चौधरीलाई आइतबार एक कार्यक्रमका बीच विद्यालयमा भव्य स्वागत तथा सम्मान गरेको छ ।

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले जग्गा दानवीर चौधरीप्रति सम्मान व्यक्त गर्दै धन्यवाद ज्ञापन समेत गरेका थिए ।उनले भने, ‘यहाँ धन भएर मात्रै हुँदैन, मन पनि हुनुपर्छ । यो योगदानको लागि चन्द्रसिंहलाई मात्रै होइन, उहाँलाई उच्च संस्कारसहित हुर्काउनु हुने उहाँका पुर्खाहरुलाई पनि सम्मान गर्न चाहान्छु ।’

विद्यालयका प्रअ डम्मर शाहले भने, ‘दिनप्रति दिन सामुदायिक विद्यालयको अवस्था खस्किरहेको अवस्थामा चन्द्रसिंह जस्तो दानवीर, दाताहरु जन्मिनु भनेको समाजको लागि यो भन्दा महत्वपूर्ण केही होइन । उहाँको दानले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अतुलनीय योगदान पुगेको छ ।’
रहेको बताउँछन् । उनले आफ्नो नामको लागि भन्दा गाउँघरको विद्यालयलाई कसरी सुधार गर्न सकिन्छ भनेर सहयोग गरेको बताँछन् ।

बिद्यालय ब्यस्थापन समितिले दानवीर चौधरीको नाममै बिद्यालयको नमाकारण गर्नृे भएको छ । बि.सं. २०३३ सालमा स्थापना भएको विद्यालयको नाम ‘राष्ट्रिय चन्द्र आधारभूत विद्यालय रहने भएको छ । उनले बिद्यालयको चलनभोकमा ०६६ बाटै दिएका हुन । प्राविधिक कारण चौधरीकै नाममा जग्गा कायम थियो । जग्गा बिद्यालयको नाममा पास भएपछि कैलारी गाउँपालिकाको २०८१ पुस महिनामा बसेको गाउँसभाबाट विद्यालयको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । उनीबाट औपचारिक रुपमा चालुआर्थिक शैक्षिक सत्र बाट बिद्यालयले जग्गा प्राप्त गरेको हो भने बिद्यालयको नाम पनि चालुु शैक्षिक सत्रबाट फेरिएको हो ।