धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश खेलकुद परिषदको सदस्य–सचिवमा लोकबहादुर खड्का (रवी)लाई नियुक्त गरेको छ । कांग्रेस समर्थक खड्का हकी र फुटबलका पूर्वखेलाडी हुन् ।
सामाजिका विकास मन्त्रालयअन्तर्गत रहेको खेलकुद परिषद्लाई प्रदेशमा खेलकुद विकासका गतिविधि सञ्चालनको नेतृत्व गर्ने कार्य जिम्मेवारी रहेको छ । सदस्य–सचिवको कार्यकाल चार वर्षको हुने व्यवस्था रहेको छ ।
कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको संयुक्त सरकार रहेको सुदूरपश्चिममा विभिन्न निकायमा दलहरूको भागबन्डा छ । जसअनुसार महत्त्वपूर्ण मानिएको खेलकुद परिषदको सदस्य–सचिवको भाग सरकारको नेतृत्वकर्ता दल कांग्रेसले लिएको हो ।

इडटपेन 









