कैलालीमा सर्पको डसाईबाट एक शिक्षिकाको मृत्यु

धनगढी — कैलाली जिल्लाको गोदावरी नगरपालिकामा सर्पको डसाइबाट एक शिक्षिकाको मृत्यु भएको छ ।
स्थानिय शारदा माविमा कार्यरत शिक्षिका पार्वती अवस्थीको मृत्यु भएको हो । सर्पले डसेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

उपचारका क्रममा अवस्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी धनगढी उपमहानगरपालिका–३ बोराडाँडी निवासी हुन् ।