धनगढी -छिमेकी देश भारतमा काम गर्न गएका नेपालीहरु बिरामी परेपछि घर फर्कदा कोराना संक्रमण फेला परेको छ । कैलालीको प्रवेश द्धार गौरीफन्टा नाबाट फर्कने नेपालीमा बुधवार तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु काम गर्ने स्थानमा बिरामी भएपछि घर फर्केका थिए । गौरीफन्टा हेल्थ्य डेस्कले उनिहरुको रक्त परिक्षण गर्दा कोराना पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा शङ्कास्पद् ३१ जनाको नाकामा परीक्षण गरिएको थियो। भारतमा कोरोना सङ्क्रमण बढेपछि त्यहाँबाट फर्किने नेपालीहरूमा पनि सङ्क्रमण देखा परिरहेको छ।कोरोना सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, पुलघाट र झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर जाँच गर्ने कार्य भइरहेको निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले बताए। उनले नाकाहरूमा साढे तीन सय परीक्षण किट पठाइएको जानकारी दिए। जेठ २१ गतेदेखि हालसम्म सुदूरपश्चिम प्रदेशमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये आठ जना निको भइसकेको निर्देशनालयले जानकारी दिएको छ।

इडटपेन 









