सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ बजेट ३३ अर्ब ४७ करोड बढी (पुर्णपाठ सहित )

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ बजेट ३३ अर्ब ४७ करोड बढी

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ ।

शनिबार साझ ७ बजे प्रदेश सभामा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले आर्थिक बर्ष २०८२ ०८३को बजेट भाषणमा३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट प्रस्तुुत गरेका हुन । उक्त बजेट चालु आर्थिक वर्षभन्दा एक अर्ब ८४ करोड ६ लाख ५२ हजार बढी हो ।
कुल बजेट मध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अथात् ३० दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार छुट्याइएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ ३ अर्व ४२ करोड ७७ लाख १० दशममलव २४ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १ करोड विनियोजन गरेको छ।स्रोत व्यहोर्ने शीर्षकमा सबैभन्दा बढि नेपाल सरकारबाट राजश्व बाँडफाँड भएर प्राप्त हुने ९ अर्ब ८७ करोड २५ लाख राखिएको छ भने नेपाल सरकारको सरकारी वित्तिय समानीकरण अनुदानतर्फ ८ अर्ब ९२ करोड ५६लाख राखिएको छ ।

यस्तै चालु आर्थिक वर्षको बचत हुने रकम ७ अर्ब ६६ करोड ६३ लाख हुने अनुमान गरिएको छ भने सशर्त अनुदानबाट चार अर्ब ३ लाख, आन्तरिक राजश्व परिचालन एक अर्ब ६५ लाख, संघीय समपुरक अनुदान ६० करोड २६ लाख, विशेष अनुदान ख५१ करोड ६० लाख हुने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशले भौतिक पूर्वाधार विकास तर्फ सवैभन्दा बढी बजेट बिनियोजन गरि भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १५ अर्ब ४० करोड ३० लाख १७ हजार विनियोजन गरिएको छ । चालु आर्थिक वर्षका भन्दा एक अर्व भन्दा बढी बजेट बिनियोजित भएको छ । प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना १ अर्ब ३१ करोड ६५ लाख विनियोजन गरिएको छ ।
त्यसपछिको सवैभन्दा बढी सामाजिक विकास मन्त्रालयको छ । यस मन्त्रालयको पनि चालु आर्थिक वर्षको भन्दा बजेट बढाइएको छ । सामाजिक विकास मन्त्रालयका लागि सात अर्ब सात करोड ४ लाख ६ हजार विनियोजन गरिएको छ ।
तीन अर्ब ३० करोड १० विनियोजन गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत एक स्थानीय तह दुई उत्पादन, एक सय ७६ वटा व्यावसायिक पकेट निर्माण गर्ने र एक सय ७६ जना कृषि तथा पशु प्राविधिक परिचालन गरिने उल्लेख छ । एग्रिकल्चर डिजिटलाइजेशन, कैलालीमा एम्बुलेन्स सेवासहितको भेटनरी इमर्जेन्सी सेवा, मोबाइल विषादी जाँच सेवा सञ्चालन, ५ करोड माछाका भुरा उत्पादन, प्राकृतिक तालमा माछाको उत्पादकत्व वृद्धि योजना, उच्च हिमाली जिल्लाका २० वटा स्थानीय तहलाई प्रांगारिक क्षेत्र घोषणा लगायत कृषि तथा पशुपालन क्षेत्रका कार्यक्रममा परेका छन ।
दुर्गम जिल्लामा कृषि एम्बुलेन्स, भीमदत्त पन्त कृषि प्रवर्द्धन कार्यक्रम, पहाडी जिल्लामा जमिन बाझो राख्ने प्रवृत्तिलाई निरुत्साहन गर्न कार्यक्रम, , कृषि तथा पशुपक्षीजन्य उद्योग सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू राखिएको बजेट वक्तव्यमा उल्लेख छ ।आगामी आर्थिक वर्षमा पनि कृषि कर्जाको ब्याजमा अनुदान प्रदान गर्ने योजना छ । जसका लागि १३ करोड ८५ लाख विनियोजन गरिएको उल्लेख छ ।दुई अर्ब ३४ करोड ४८ लाख ९४ हजार बजेट विनियोजन गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत मुख्यमन्त्री गरिबी निवारण तथा लघु उद्यम कार्यक्रम, डडेलधुरामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भनिएको छ ।

पर्यटन पूर्वाधार समृद्धिको आधार नारा दिएर खप्तड, बडिमालिका, मालिकार्जुनबजेट विनियोजन गरिएको उल्लेख छ । यस्तै बडिमालिका क्षेत्रमा पर्यापर्यटनका लागि सात करोड २५ लाख विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ बजेट को पुर्णपाठ यस्तो छ

बजेट वक्तव्य २०८२/८३