धनगढी- कैलाली जिल्ला कारागारमा हरिसिह पालीको मृत्युप्रकरणमा मुछिएका प्रहरी नायव निरीक्षक (सई) हरजीत नाथलाई प्रहरीले हिरासतमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार, मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा सई नाथलाई प्रहरी हिराशतमा लिएर अनुसन्धान अघि बढाईएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय पाली माथि बैंकिङ कसुर मुद्दा दायर गर्ने व्यक्ति पनि सई नाथ नै हुन ।
जिल्ला अदालतले २०८० फागुनमा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।पालीलाईजेठ २९ गते डडेल्धुराबाट पक्राउ गरि ३० गते धनगढी ल्याउने सम्मको खटन पटनमा सई नाथनै थिए । पालीलाई अदालतमा उपस्थित गराएपछि असार १ गते कारागार चलान गरिएको थियो। २ गते राति करिब १०ः३० बजे बाथरुम नजिकै अचेत अवस्थामा भेटिएका पालीलाई सेती प्रादेशिक अस्पताल पुर्याइए पनि सोही राति उनको मृत्यु भएको थियो।
मृतककी पत्नी जानकी साउँदले कारागारभित्र योजनाबद्ध रुपमा कुटपिट गरी श्रीमानको हत्या गरिएको आरोप लगाएकी छन्।
यस अघि पिडित पक्षबाट बढेको दवावका कारण मृत्यु प्रकरण बारे छानबिनको लागि जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्सीय टोली गठन गरेको छ । उनको मृत्यु प्रकरणको छाविन र दोसीलाई कार्वाहिको माग राख्दै मंगल र बुधवार डडेल्धुराको अमरगढी बजार बन्द तथा भिमदत्त राजमार्ग बन्द गरेका थए । दवाव पछि छाविन समिति गठन भएको हो । पिडित पक्षका पदम सिह पालीले भने, बिहीवार बिहान देखि कारागार प्रमुखसहित पाँच जनाविरुद्ध जाहेरी दिए पनि प्रहरीले लिन मानेन । अन्त्यमा सई नाथविरुद्ध मात्र जाहेरी दर्ता गरेको उनले बताए ।अहिले प्रहरीले नाथलाई हिराशतमा लिएर अनुुसन्धान अघि बढाएको जानकारी दिएको छ । अव शव उठाउने नउठाउने बिषयमा हामी छलफलमा छौ । उनी मृतकमा काकाभाई पर्छन ।
यस घटना क्रमको अनुसन्धानका लागि मानव अधिकार कर्मीहरुले पनि चासो देखाएका छन् ।यता कारागारको सीसीटीभी फुटेज समेत उपलब्ध नहुँदा निर्मम कुटपिटसँगै यातना दिएर हत्या नै गरेको आफन्तहरुले आरोप लगाउँदै आएका छन् ।कारागार प्रशासक वसन्त खत्रीले भने, “सीसीटीभीमा प्राविधिक समस्या आएकाले गत वैशाख महिना देखि नै रेर्कड हुन नसकेको बताए” । कारागारमा असार १ गते साँझ सकुशल नै आएका पालीले खाना खान नमानेको असार २ गते राती १० बजेको समयमा शौचालयमा लडेको अवस्थामा भेटिए पछि सामान्य चेक जाँच गरेपछि प्रादेशिक अस्पतालमा पुर्याएको कारागार कार्यालयका स्वास्थ्य कर्मी (अहेवा) गाबिन्द बिष्टले बताएका छन ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वाल नर सिहं राणाले आफुहरुले अनुसन्धानलाई निरन्तरता दिई रहेको बताए । थप अनुसन्धान किटानी जाहेरीका आधारमा हुने उनको भनाइ रहेको छ ।

इडटपेन 









