धनगढी -कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ /०८३का लागि एक अर्ब १८ करोड ५४ लाख ५६ हजार बराबरको अनुमानित बजेट ल्याएको छ।
शुक्रवार आयोजित नगर अधिवेशनमा नगर प्रमुख बिरेन्द्र भट्टले प्रस्तुुत गरेको बजेटमा नगरको अनुमानित बजेटको ६९ प्रतिशत चालू तर्फ र ३१ प्रतिशत पुँजिगत तर्फ बिनियोजन गरिएको छ ।संघीय सरकारबाट आउने वित्तीय समानीकरण तर्फको बजेट १९ करोड ८० लाख, राजस्व बाडफाडबाट १८ करोड ५९ लाख, समपूरक अनुदानतर्फ १ करोड ९३ लाख, विशेष अनुदान तर्फ ४ करोड ९ लाख, ससर्त अनुदान तर्फ ४१ करोड ७२ लाख रहेको छ । प्रदेश सरकार बाट आउने वित्तीय समानीकरण तर्फको बजेट एक करोड ८७ लाख, राजस्व बाडफाडबाट ५९ लाख १ हजार, समपुरक अनुदानतर्फ ३० लाख, विशेष अनुदानतर्फ ६० लाख, ससर्त अनुदानतर्फ ३ करोड ५२ लाख, राजस्व बाडफाडतर्फकै घरजग्गा रजिस्ट्रेसनबाट ६ करोड ८५ लाख रहेको उल्लेख छ ।
नगरप्रमुख भट्टले त्यसबाहेक नगरको आन्तरिक श्रोतबाट १५ करोड ९ लाख ५५ हजार, बिज्ञापन करबाट ३ लाख, बन रोयल्टिबाट ६ लाख र बैँक मौज्दातमा ३ करोड ५० लाख रहने अनुमान गरिएको बताइएको छ।बजेटमा नगर कार्यपालिका अन्तर्गत ३३ करोड ९६ लाख १९ हजार, सबै वडा कार्यालयहरुलाइ १२ करोड, शिक्षा युवा तथा खेलकुद शाखालाइ ९ करोड २ लाख ६७ हजार, स्वास्थ्य शाखालाइ ८७ लाख ५० हजार, कृषिविकाश शाखालाइ २६ लाख ५० हजार र पशु सेवा शाखालाइ ६३ लाख छुट्याइएको छ।यस्तै महिला विकास शाखा लाई २८ लाख ५० हजार, सहकारी शाखालाइ ४ लाख, सामाजिक तथा आर्थिक विकास शाखालाइ १७ लाख र न्यायिक समितिलाइ ८ लाख २० हजार छुट्याइएको छ। मालाखेती अस्पताल लाई १ करोड २० लाख, भूमि व्यवस्था इकाइलाइ ६० लाख, संघीय ससर्त अनुदानमा ४१ करोड ७२ लाख, विशेष अनुदानमा ४ करोड ९ लाख, समपूरक अनुदानमा १ करोड ९३ लाख तथा प्रदेश समपूरक योजनातर्फ ३० लाख, विशेष अनुदानमा ६० लाख, ससर्त अनुदानमा ३ करोड ५२ लाख, क्रमागत योजनामा ३ करोड र म्याचिङ फण्डमा ४ करोड रुपैयाँ व्यय हुने अनुमान गरिएको नगरप्रमुख भट्टले बताए।प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नगर गान निर्माणदेखि स्मार्ट शिक्षानगरको बनाउने भनिएको छ । नगर शिक्षकहरुको मासिक तलबमा उल्लेखनीय वृद्धि गर्दै प्राथमिक तहका शिक्षकलाई रु २,०००, निम्न माध्यमिकलाई रु ३,००० र माध्यमिक तहका शिक्षकलाई रु ४,००० थपिने भएको छ। शिक्षा मात्र नभई युवा लक्षित नवप्रवर्तन, महिला लक्षित आयोग तयारी कक्षा, र एक वडा एक खेलमैदान कार्यक्रम जस्ता योजनामार्फत सामाजिक तथा भौतिक पूर्वाधार विस्तारको संकेत गरिएको छ।
नगरपालिकाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार निर्माण, वन–वातावरण संरक्षण, सुशासन र संस्थागत विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ ।

इडटपेन 









