तीन बर्षे कार्यकालका बहुचर्चित रप्रभावकारी कार्यक्रमकै निरन्तरता र स्तरोन्नती

धनगढी– धनगढी उप–महानगरपालिकाको १३औं नगर अधिवेशनले चालु बर्षका बहुचर्चित र प्रभावकारी कार्यक्रमलाई नै अगामी बर्षको योजनामा समेत प्राथमिकता दिएको छ ।
उप–मेयर कन्दकला राना द्धारा प्रस्तुत आर्थिक बर्ष २०८२/०८३को निती कार्यक्रममा उप–महानगरका तिन बर्षे कालकालका सफल तथा प्रभावकारी कार्यक्रमलाई प्राथमिकता दिदै स्तोरोन्नती गरिएको छ ।
स्वतन्त्र मेयर गोपाल हमालले दिएको चुनावी नारा ‘हाम्रो धनगढी, हामी बनाउछौं’ चौथों बर्षको कार्यकालको समेत मुलमन्त्र बनेको छ । यस नारा भित्र अगामी निति र कार्यक्रमको प्रमुख नारा ‘सुख, शान्ति र समृद्धिको शहर, कल्याणकारी धनगढी उप महानगर ’ उल्लेख छ ।
पहिलो बर्ष २०७९/०८० साउन देखि सुरु भएको धनगढी उपमहानगरको बहुचर्चित तथा प्रभाकारी कार्यक्रम ‘ विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ ‘आमा बचाउ कार्यक्रम’ ‘हाम्रो धनगढी , सफा धनगढी’ उजालो धनगढी , हरियाली प्रवर्धन कार्यक्रम , जह“ा खाली त्यह“ा हरियाली , हर घडी नगर प्रहरी , सीप तथा रोजगार मेला , महिला उद्यम बजार, सामुदायिक बिद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रमलाई गौरवका योजनामा पार्दै प्राथमिकताका साथ निरन्तरता दिइएको छ । ने भएको छ । त्यस्तै रात्रीकालिन बजार सन्चालन गरिने भनिएको छ ।
निति तथा कार्यक्रमका समाजिक बिकास एंव गरिवी न्युुनिकरण , कृषि तथा पशुुपक्षी उत्पादन ,उत्पादकत्व अभिबृद्धि तथा ब्यवसायीकरण , उद्यम बिकास , सहकारी मार्फत यूवा तथा अति बिपन्नका लागि स्वरोजगार, खेलकुद क्षेत्रको लागि ग्रासरुट लेभल कार्यक्रम , भष्ट्राचार बिरुद्ध शूून्य सहनशीलता , सार्वजनिक सेवा प्रवाह ब्यवस्थापन , लगायतका क्षेत्र पारिएको छ ।
आर्थिक बिकास तर्फ कृषि खेति तथा पशुपंक्षी पालन ब्यवसायलाई सुदृडिकरण , सहकारीताको क्षमता अभिबृद्धि , औद्योगिक एंव पर्यटकीय बस्तु तथा सेवाको बिकास तथा बजारीकरण मार्फत नगरवासीको आयआर्जनमा बृद्धि गर्ने कार्यक्रम ल्याएको छ । ‘पढदै कमाउदै’ कार्यक्रमलाई निरन्तरता दिएको छ । ‘दलित अभियन्ता जुठे दमाइ कार्यक्रम’ अन्तर्गत बिद्यालय तहको कक्षा ८ देखि १०सम्म अध्ययनरत दलित छात्राहरुलाई बार्षिक २ हजार वरावरको स्टेशनरी सामग्री दिइने छ । त्यस्तै दलित अभियन्ता टिकाराम पार्कि छात्रबृति कार्यक्रम अन्तर्गत उच्व शिक्षा हासिल गर्ने दलित छात्राहरुलाई सहयोग गरिने छ ।
स्वास्थ्य सेवा तर्फ मेरो ‘स्वास्थय मेरो जिम्मेवारी’कार्यक्रमलाई प्रभाकारी कार्यक्रमको रुपमा लैजाने बताएको छ । महिला बालबालिका तथा अपांग क्षेत्र समवन्धी कार्यनितीमा लैङ्गिक रुपाँतरण र जोडी सम्वाद , हिंसा प्रभावित बालबालिकाका लागि सेफ हावस लगायतका कार्यक्रम सन्चालन गरिने कुरा उल्लेख छ ।