धनगढी उपमहानगरपालिकाको २०८२ /०८३को  बजेट २ अर्ब ५६ करोड बढी 

धनगढी- धनगढी उपमहानगरपालिकाले १३ औ  नगर सभाबाटअगामी आर्थिक बर्ष २०८२ /०८३को   २ अर्ब ५६ करोड चार लाख ६६ हजारको  बजेट पारित गरेको छ ।
धनगढी उपमहानगरले पारित गरेको कुल बजेटमा चालु तर्फ ५३ दशमलव ८ प्रतिशत अर्थात १अर्ब ३८ करोड २६ लाख ५१ हजार छ सय ४० रुपैयाँ रपुँजीगत तर्फ ४६ दशमलव २ प्रतिशत एक अर्ब १८ करोड २९ लाख ३५ हजार २ सय ९२ रुपैयाँ को बजेट पारित गरेको छ। यो चालु बर्षको बजेट भन्दा १७ दशमलव २२ प्रतिशतले बढी हो ।
उपमहानगरपालिकाको आन्तरिक आय ५४ करोड ७९ लाख ६७ हजार एक सय ११ रुपैयाँ रहेको छ। राज्यश्व बाँडफाँडबाट ५७ करोड ६० लाख ६२ हजार एक सय ४३, नेपाल सरकारबाट वित्तिय हस्तान्तरण ९९ करोड नौ लाख, प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण ११ करोड २२लाख ४१ हजार र मौज्दात ३३ करोड ३२ लाख ९५ हजार सात सय ४६ रुपैयाँ रहेको छ।