धनगढी- कैलारी गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ को ७२ करोड २५ लाख ३ हजार बजेट सार्वजनिक गरेको छ ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीले प्रस्तुत गरेको २०८२/०८३ को बजेट प्रस्तुत गर्नुभएको हो । उक्त बजेटको संघीय सरकारबाट सामानिकरण अनुदानमा रु १४ करोड १८ लाख, राजश्व बाडफाडमा रु १२ करोड ८२ लाख ४६, हजार, सर्शत कार्यक्रम रु ३० करोड ५७ लाख, बिशेष अनुदान रु ५४ लाख, समपुरक अनुदान रु २ करोड ६५ लाख गरी जम्मा रु ६० करोड ७६ लाख ४६ हजार प्रस्तुत गर्नुभएको छ ।
प्रदेश सरकारबाट सामानिकरण अनुदानमा रु १ करोड ४३ लाख ८२ हजार, राजश्व बाडफाडमा रु। ४३ लाख ४ हजार समपुरक अनुदान रु ८५ लाख र बिशेष अनुदान रु ५५ लाख गरी जम्मा रु ३ करोड २६ लाख ८६ हजार रहेको छ । गाउँपालिका आन्तरीक आयमा आन्तरीक २ करोड ५७ लाख, आन्तरीक श्रोत ४० लाख गरी जम्मा रु २ करोड ९७ लाख रहेको छ । पालिका को कुल जम्मा रु ६७ करोड ३२ हजार, गैरसरकारी ५ करोड २४ लाख ७१ हजार उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरी आर्थिक बर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । ‘संस्कृती प्रवद्र्धन,कृषिमा बिबिधिकरण तथा वातावरण संरक्षण कैलारी रुपान्तरणका लागि युवा परिचालन, दिगो विकास तथा समावेशीकरण’ मुल नारामा पालिका अध्यक्ष राजसमज चौधरीले निति र कार्यक्रम प्रस्तुुत गरेक छन । प्रस्तुुत निति र कार्यक्रममा समृद्ध कैलारी पालिकाको विकासका आधार, स्वरोजगार एवं पूर्वाधार र विकास प्रतिको आकाँक्षालाई पूरा गर्न शिक्षा, स्वास्थ्य, भौतिक विकास, मानव संसाधनको विकास तथा सामाजिक समावेशीकरणको सिद्धान्तलाई संस्थागत गने कुरालाई प्राथमिकतामा राखेको छ ।
अगामी बर्षको निति र कार्यक्रममा १५ शैयाका आधारभुत अस्पताल संचालन , भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण , . बाढीपिडितको स्थायी तथा दिर्घकालिन व्यवस्थापन , रक्तसँचार केन्द्र (रेडक्रस) धनगढीसँगको सहकार्यमा कैलारीबासीलाई निःशुल्क रगतको उपलब्धता , प्रस्तुतीमा असहजता आएका गर्भवतीलाई उपलब्ध गराउदै आएको निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिईने कुा उल्लेख छ ।
त्यसैगरि कैलारी गाउँपालिकामा वैकल्पिक तथा खुल्ला बिद्यालय सँचालनका आवश्यक नीति विधिको निर्माण ,गाउँपालिकाको सेवा प्रवाहलाई जनमुखी बनाउन सेवा केन्द्र स्थापना गरी पशु तथा कृषि सेवाका कार्यक्रम कार्यान्वयन गरिने कुरा बताइएको छ ।
सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका लागि कैलारी गाउँपालिकामा अस्पताल संचालनका लागि प्रदेश तथा संघीय सरकारका सम्वद्ध निकायसँग समन्वय तथा सहकार्य गरिने भनिएको छ ।बालमैत्री वडा तथा पोषणमैत्री गाउँपालिका घोषणा गरिने उल्लेख छ ।
कैलारी गाउँपालिका सडकहरुलाई पूर्ण ग्राभेल युक्त गरिनुका साथै सडकको स्तरोन्नती गरिने, समग्र कैलारी गाउँपालिकाको विकासका लागि गुरु योजनाको निमार्ण तथा आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिने , नदी नियन्त्रणका लागि सवै नदीहरुको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरिने भनिएको छ ।उज्यालो कैलारी गाउँपालिका अन्र्तगत कैलारीका मुख्य बजारमा सडक बत्ती जडान समेत गरिने बताएको छ ।
गुर्गी बाँधको निमार्णका लागि प्रदेश तथा नेपाल सरकारका निकायमा आवश्यक पहल गरिने, मूल तथा उन्नत बिउ उत्पादन र वितरण, जैविक तथा रसायानिक मलको सहज उपलब्धताका लागि समन्वय गरिने, कृषि उपजको बजारीकरणका लागि कृषिउपज सँकलन केन्द्र तथा हाटबजार सँचालनका समन्वय गरिने कुरा अगामी बर्षको कार्यक्रममा राखिएको छ ।
शिक्षा तर्फ बिद्यालय भर्नादर शतप्रतिशत तथा बिद्यालय छोडने दर सुन्यमा झार्न हेप्पी स्कूलको अवधारणा कार्यान्वयन गरिनेछ ।शैेक्षिक विकास तथा गुणस्तरी शिक्षाका लागि कैलारी गाउँपालिकामा बहुमुखी क्याम्पसको स्थापना गर्ने लगायतका शिक्षामा सुधारका कार्यक्रमहरु राखिएको छ ।

इडटपेन 









