धनगढी -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलेसुदुरपश्चिम प्रदेशलाई “साक्षर सुदुरपश्चिम प्रदेश” को रूपमा औपचारिक घोषणा गर्नु भएको छ ।
सामाजिक विकास मन्त्रालयले बिहिबार धनगढीमा आयोजना गरेको ूसाक्षर सुदूरपश्चिम प्रदेशू घोषणा सभा समारोहमा मुख्यमन्त्री शाहले घोषणा गर्नुभएको हो।
घोषणासभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले विश्व अहिले सूचना, प्रविधि र वैज्ञानिक युगमा प्रवेश गरिसकेकाले सोही अनुसारको शिक्षा लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुदूरपश्चिमको शैक्षिक स्थिति उजागर गर्नका लागि प्रदेश सरकार लागि परेको बताए ।
८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो । प्रतिबेदनमा १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको तथ्यांक रहेको छ ।
यसअघि सुदुरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए। सुदुरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ, यसअघि बाग्मती, गण्डकी र कोशी प्रदेश साक्षर घोषित भइसकेका छन्।

इडटपेन 









