गोदावरी टापुमा अट्किएका ६जनाको उद्धार

धनगढी -चुरेमा परेको भारी बर्षाले गोदावरी नदीमा बाएको बाढीले अट्किएका ६जनालाई उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलाली गोदावरी नगरपालिका वडा नं। ०४ स्थित गोदावरी नदिको बिच टापुमा श्राद्ध गर्न गएका केही व्यक्तिहरु लाई उद्धार गरिएको हो । मुसलधारे पानीको कारण गोदावरी नदिको वरीपरीबाट पानीको सतह बढ्न गई उक्त टापुमा अट्किएका थिए ।
अस्थायी प्रहरी पोष्ट गोदावरीमा जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहितके उद्धार टोली उद्धार कार्य गरेको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लगायतको संयुक्त टोलीद्वारा गरिएको हो । घटनाको जानकारी हुनासाथ कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, नगर प्रमुख बिरेनद्र भट्ट , पहरी उपरिक्षक बाल नरसिंह राणा, सशस्त्र प्रहरी नं. ३४ गण धनगढीका कार्यालय प्रमुख स.प्र.उ.सुरेन्द्र राज रञ्जित, राष्ट्रिय अनुसन्धान उप अनुसन्धान निर्देशक महेश बहादुर बोहराले समेत अनुगमन गर्न पúेका थिए । निम्न व्यक्तिहरुको सकुशल उद्दार गरिएको ।

कञ्चनपुर शुक्लाफाँटा ०६ बस्ने बर्ष ६५ को पल्लु सार्की ।
६५ कि भागेश्वभरी सार्की ,बर्ष १२ योगेश सार्की बर्ष ३५ को बिकट सार्की बस्ने बर्ष ३५ को बिर सार्की र
बेदकोट ०७ बस्ने बर्ष २८ को अब्दुल सार्की को उद्धार गरिएको हो।