धनगढी -यो बर्षादी बर्षा शुरु संगैं कैलालीका नदी तटिय तथा डुवान क्षेत्रका बासिन्दा चैनको निद निदाउनै पाउदैन । आफनो क्षेत्रमा बर्षा नभएपनि राती एक्कासी बाढी आउने त्रास, कैलालीको तल्लोतटिय क्षेत्रका बासीमा मनसुन सुरु भए संगै सुरु हुने गरेको छ ।
कैलालीका २२ भन्दा बढी चुरेबाट उत्पन्न मोहना, शिवगंगा , बुढी गंगा , खुटिया , कान्द्रा लगायतका नदी र तिन दर्जजन भन्दा बढी तिनका सहायक नदीमा आएको बाढीले कैलालीको तल्लोतटिय क्षेत्र बर्षनी डुुवानमा पर्दै आएको छ । भजनी र कैलारी गाउपालिका सवैभन्दा बढी प्रभावित हुने गरेको छ । भारत नेपालको सिमा नदी भएर पश्चिमबाट पुर्व दक्षिण भएर मोहना बग्ने गरेको छ । यसले गोदावरी , धनगढी उपमहानगरपालिका , कैलारी र भजनी नगरपालिकालाई डुुवान , पटना र कतटानी बर्षनी गर्दै आएको छ ।
मोहना नदीमा आउने बाढीले गोदावरी , धनगढी उप महानगर पालिकाका केहि बस्तीलाई प्रभावित पार्दै कैलाली गाउपालिका र भजनी नगरपालिकालाई डुवानमा पार्ने गरेको छ । हरेक बर्ष मोहनामा आउने बाढीले कैलारी र भजनी नगरपालिकाका सयौं बिगाहा जग्गालाई कटानी पटानी मात्रैं गर्दैन । यो नदीको बाढीको कारण बर्षनी धेरैं घर परिवारलाई बिस्तापित समेत हुदैं आएका पनि छन ।
भजनी लालबोझीका पुर्ण बिकले भने,‘ मोहना उर्लिएर आएको खवरले हामी रातभर निदाएनौं ।’उनका अनुसार चुरेमा परेको पानीले मोहनामा आउने बाढी राती मात्रैं लालबोझी पुग्ने गरेको छ ।
कैलारी गाउपालिका पवेराका कुल दिप चौधरीले मोहना लगायत चुरेबाट उत्पन्न बाढी तल्लो तटिय क्षेत्र जलमग्न हुने गरेको बताए ।
उनी अहिले सम्मकै सवैभन्दा ठुलो बिपत्ती२०६६ सालमा राती आएको बाढीको स्मरण गर्छन । त्यसबेला कयौं जना राती सुतेकै अवस्थामा बगेर मानविय क्षेति समेत भएको उनले बताए । राती भएकोले आफुलाई बचाउ समे गर्न नपाए मानविय क्षेति भएको उने बताए । नेपाली सेनाले भोलीपल्ट हेलिकप्टरबाट उद्धार गरिएकोले धेरै परिवारको ज्यान बचेको बताए ।
चुरेबाटैं उत्पन्न गौरीगंगा, शिवगंगा , खुटिया , कान्द्रा काडा पथरिया र कर्णालीमा आएको बाढीले जिल्लको पुर्वाेत्तर क्षेत्र डुवानमा पर्ने गरेको छ । भजनीका गंगा चौधरीले कैलालीको भजनी, जोशीपुर र कैलारी गाउपालिका हरेक बर्ष स्थानिय नदीमा आएको बाढी लाग्ने गरेको छ ।
‘स्थायिय कान्ध्र, पथरिया, काडा र मोहना नदीको संगम भजनीको कृष्णपुर , ढंगना टोल , लालबोझीका बासिन्दाको दुख्ख भनेकैं बर्खाको बाढी हो’उनले भने,‘ जव सम्म सरकारले डुवानग्रस्त यो ठाउका लागि गुरु योजना ल्याएर काम गर्दैन तव बाढीको पिडाबाट स्थानिय पार पाउन मुश्किल छ ।’
भजनी ढुंगना टोलका दिपक ढुंगनाले चुरेको अकासमा कालो बादल मडारिए पछि राती निद नलाग्ने बताए । ‘चुरेबाट उत्पन्न जिल्लाका ठुला नदीको संगम स्थलको तटिय क्षेत्रमा ढुगना टोल परेकोले डुवानको समस्यामा छौं’ उनले भने,‘ चुरेमा बर्षा भएपछि तिन वटै नदीमा आउने बाढी गाउमा पस्छ ।’ हरेक बर्ष बाढीको समस्यामा पर्ने गरेकोले स्थानियले पुर्नवासको माग राख्दै आएको बताए । उनले गत बर्ष हुलाकी सडकमा एक महिना बिताउनु परेको पिडा ब्यक्त गरे ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले डुवानग्रस्त क्षेत्रको पहिचान भईसकेकोले स्थानिय बिपद समिति र जिल्ला बिपद ब्यवस्थापन समितिले राहात र उद्धारका लागि पुर्व तयारी गरिएको बताए । ‘बाढी लाग्ने क्षेत्रमा तत्काल उद्धार र राहात कसरी गर्न सकिन्छ , जिल्ला र स्थानिय तहको बिपद ब्यवस्थापन समितिको कार्ययोजना तयार भएको छ’ उनले भने ।
खोलाले बगाएर एकको मृत्यु
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक बिष्टले बिहिवारको बर्षाले गोदावरी गैरादेवी खोलाले बगाएर एक १७ बर्षे किसोरीको मृत्यु भएको बताए ।
उनका अनुसार गोदावारी बडैया बस्ने १७ बर्षे आरती घर्तिलाई गैरादेवी खोलाले बगाएर मृत्यु भएको हो । उनको शव घटना स्थलबाट केहि सय मिटर तल बिहिवार बेलुका फेला परेको हो । ्
‘बडैयाका मृतक आरती र सिता घर्ति उक्त खोलामा नुहाउदैं गर्दा आएको बाढीले बगायो’ डिएसपी बिष्टले भने,‘ स्थानियले सिताको तुरुन्तै उद्धार गर्न सफल भएपनि आरतीको उद्धार गर्न सकेका थिएन्न ।’
फोटो क्याप्सन १) गत बर्ष साउन १४ गते स्थानिय पथरिया नदीमा आएको बाढीले जलमग्न भजनीको कृष्णनगर र ढुंगना टोलका बासिन्दा हुलाकी सडकमा एक महिना बस्नु परेको थियो । तस्विर फाईल
१) गत बर्ष साउन १४ गते स्थानिय पथरिया नदीमा आएको बाढीले जलमग्न भजनीको कृष्णनगर टोल

इडटपेन 









