मुक्तकमैया दिवसको अवसरमा कैलालीका ५स्थानिय तहमा सार्वजनिक बिदा

धनगढी -कैलालीका पाच स्थानिय तहले साउन २का दिनलाई मुक्त कमैया दिवशको अवसर पारेर सार्वजनिक बिदा दिएको छ ,।
मुक्त कमैया दिवसको अवसरमा जानकी गाउँपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिकाले पालिकामा स्थानीय बिदा दिने निर्णय गरेका हुन।दिवसको अवसरमा पालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैँक तथा वित्तीय संस्थामा बिदा रहने सार्वजनिक सूचना जारी गरेर पालिकाहरूले जानकारी दिएका छन्। बँधुवा मजदुरको रूपमा काम गर्दै आएका कमैयालाई २०५७ साउन २ गते तत्कालीन सरकारले मुक्त भएको घोषणा गरेको थियो। त्यसको खुसियालीमा मुक्त कमैयाले हरेक वर्ष यो मितिमा कमैया मुक्ति दिवस मनाउँदै आएका छन्।भोलि कमैया मुक्तिको २५ वर्ष पुग्दैछ। कमैयाहरू मुक्त भएको २५ वर्ष पुगे पनि उनीहरूको गाँस, बास, कपास र रोजगारीको समस्या अझै समाधान हुन नसकेको मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले बताए।