धनगढी -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले हलिया, कमलरी र कमैयाको जीविकोपार्जन र आयआर्जनका लागि कार्यविधि बनाएर सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ।
शुक्रबार मुक्त कमैया महिला विकास मञ्चले धनगढीमा आयोजना गरेको २५ औँ कमैया मुक्ति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

मुख्यमन्त्रीले शाहले मुक्त कमैया, हलिया र कमलरिको सामाजिक र आर्थिक रूपान्तरणकाका साथै हक र अधिकारहरु सुनिश्चित गर्नका लागि शासकहरुसँग लड्दै आएको इतिहासको चर्चा गर्दै २०५७ साल श्रावण २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले कमैया मुक्तिको घोषण गरेको बताउनु भयो । हलिया, मुक्त कमलरी र कमैयाको पहिचान पुर्स्थापनाका लागि कार्यबिधी तयार पारेको र कार्यान्वयनको चरणमा छ, मुख्यमन्त्री शाहले भन्नुभयो थारु समुदायको बडघर र भलमन्सा प्रथालाइ कानुनी मान्यता दिनका लागि विधेयक मन्त्रिपरिषदबाट पास गरी प्रदेशसभामा पेश गरिसकेको छ।

इडटपेन 









