धनगढी -कैलालीको जानकी गाउँपालिका–४ को जनता नमुना माध्यमिक विद्यालयका ४५ वर्षीय शिक्षक जगदीश पन्तको शङ्कास्पद मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार घटना शङ्कास्पद देखिएकोले तीनलाई पक्राउ गरि अनुसन्धान भईरहेको छ । पन्त विगत १७ वर्षदेखि विद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आएका थिए।
बिदामा घर गएका शिक्षक पन्त साउन ३ गते नै धनगढीबाट फर्केका थिए। उनीसँग अर्का एक जना शिक्षक समेत फर्केका थिए। उनीहरू दुबै जना दुगौलीमा अलगअलग घरमा डेरा गरी बस्ने गरेका विद्यालयले बताएको छ।
दुबैजना शिक्षक आ–आफ्नो डेरामा गएको केही समय पछि मृतक पन्तले ती अर्का शिक्षकलाई फोन गरेर टीकापुर बोलाएका बुझिएको छ । उनी टीकापुर पुग्दा पन्त एक होटेलमा छटपटाइ रहेको अवस्थामा फेला परेका थिए। उनीहरूले पन्तलाई उपचारका लागि टीकापुर अस्पताल लगेका थिए। चिकित्सकले पन्तलाई मृत घोषणा गरेका हुन्।

इडटपेन 









