अबैध भरुवा बन्दुक सहित २ जना पक्राउ

धनगढी – बिशेष सुचनाको आधारमा प्रहरीले शुक्रवार अवैध भरुवा बन्दुक सहित दुई जनालाइए पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं०८ स्याउले बस्ने बर्ष २६ को राजु चौधरीको घर खान तलासी गर्दा घर भित्र लुकाईछिपाइ राखेको भरुवा बन्दुक नाल १, चित्तलको सिंङ, चित्तलको खुट्टाको आधा भाग र सोही टाउका बर्ष २३ को चन्द्र बहादुर चौधरीको घर खान तलासी गर्दा घर भित्र लुकाई(छिपाइ राखेको भरुवा बन्दुक नाल१ फेला परेको प्रहरीले बताएको छ । बरामद भरुवा बन्दुक नाल२ सहित जनालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहि अघि बढाएको जनाएको छ ।