धनगढी -कैलाली जिल्ला प्रहरीले १ किलो लागु औषध चरेस सहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बझाङ छबिसपाथिभरा गाउँपालिका ७ बस्ने बर्ष ३९ को गगन बोहराबाट सुर्नया गाउँपालिका ३ बस्ने बर्ष २८ को चन्द्र सिंह ऐरी, बर्ष २५ को मोहन भट्ट र बर्ष २५ को महेश बि.क.बाट १ किलो ४ सय ६९ ग्राम चरेश बरामद गरि पक्राउ गरेको बताएको छ । बोहराले १ किलो चरेश गोदावरीको बझांग होटलमा लुकाई राखेको अवस्थामा र अन्य तिन जनलाई उनिहरुकै शरिरबाट बरामद गरेको जनाएको छ । तिन जनलाई हिडिरहेको अवस्थामा शंका गरि चेकजाच गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरिएका चारै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको बताएको छ ।

इडटपेन 









