धनगढी – राना थारु समुदायले मनाउने तीज पर्वको अवसरमा कैलाली र कञ्चनपुरका ३ वटा स्थानिय तहले साउन ११ गतेलाई एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन ।
धनगढी उपमहानगरपालिका , गोदावरी र पुनर्वास नगरपालिकाले आफनो कार्यपालिकाको निर्णय अनुसार राना थारुको तीज पर्वको अवसरमा साउन ११ गते एक दिन स्थानिय बिदा दिने निर्णय गरेका हुन । स्थानिय राना थारुले श्रावण शुक्ल तृतीया का दिन आफनै परम्परागत रुपमा तीज मनाउने गरेका छन ।

इडटपेन 









