धनगढी — पश्चिम तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पर्याप्त पानी नपर्दा किसान चिन्तित हुन थालेका छन् । यस बर्ष समयमै मनसुन सक्रिय भएपछि समयमै रोपाई गर्न भ्याएका किसानको रोपो हुर्कने बेलामा पानी नपर्दा रोपो सुक्न थालेको समस्या किसानहरुले बताएका छन ।
जल तथा मौसम विज्ञान कार्यालय कैलाली अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार शाहले यो वर्ष मनसुन भित्रिएपछि पहिलो ठूलो वर्षा ३० जुनमा भएको बताए । उनका अनुसार
इन्जिनियर शाहका अनसार ३० जुनयता सुदूर तराई क्षेत्रमा निरन्तर वर्षा भएकै छैन । कैलाली र कञ्चनपुरको अधिकांश रोपाइँ असार अन्तिम सातासम्म सकिएको थियो । साउनमा रोपाइँ गरिएका खेतमा जताततै मनसुनी झरीको पानी देखिनुपर्नेमा आकासे पानीको भरका खेत सुक्खा हुन थालेका छन् ।
‘

इडटपेन 









