आज दिदीबहिनी द्धारा रक्षा धागो बाँधिदै

आज जनै पूर्णिमा हिन्दुहरुको धार्मिकरुपमा महत्व महत्वपुर्ण मानिन्छ । जैनीधारण गर्नेले आज जनै फेर्ने, गुरुप्रोहितबाट रक्षा धागो बाध्ने चलन छ । यसको धार्मिक महत्व आफनै छ । आजकै दिन दिदीबहिनीहरुले आफना दाजुभाईहरुलाई रक्षा बन्धन राखी बाध्ने चलन छ ।
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः ।।
मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाउनुलाई जनै लगाउनु भनिन्छ । उपनयन संस्कार भएकाहरूले जनै लगाउने गर्दछन् ।आजको अर्काे महत्वको धिार्मिक कार्य भनेको गुरुप्रोहित बाट हातको नाडीमा रक्षा धागो बाध्नु हो ।

“येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।

तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।”

यसको अर्थ

जुन रक्षा काँचो धागोले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।

रक्षा बन्धन

रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, रक्षा र बन्धन । संस्कृत शब्दावलीको अनुसार यसको अर्थ सुरक्षाको गाँठोू हुन्छ। यो चाड दाजुभाइ(दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ।
त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन्।यसैलाई यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजु(भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।