कैलाली कारागारमा दुई समुह बीचको झडपमा एकको मृत्यु

धनगढी — कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका(४ का ४० वर्षीय भरत चौधरीमाथि शुक्रबार राति कुटपिट भएको थियो ।कुटपिटबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। अन्य ४० जनाभन्दा बढी कैदीबन्दी घाइते भएका छन् । मृतक चौधरीमाथि लागूऔषधको मुद्दा थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमारसिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको छ । झडपको भित्री कारण खुलेको छैन । तर कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको छ ।

एक सय ५० जना क्षमताको कैलाली कारागारमा सात सय बढी कैदीबन्दी रहेका छन् ।