धनगढी- कैलालीको धनगढीस्थित कारागारमा कैदीबन्दीबीच भएको झडपको घटनाबारे राष्ट्रिय मानव अधिकारको टोलीले स्थलगत अध्ययन गरेको छ। राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाशदत्त भट्ट नेतृत्वको तीन सदस्यीय टोलीले शनिवार घटनाबारे अध्ययन गरेको हो।
आयोग प्रदेश कार्यालयका प्रमुख भट्टले क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, भौतिक स्रोतसाधानको अभाव रहेको र कैदीबन्दी स्थानान्तरण गर्दा परिवारका सदस्यसँग आवश्यक समन्वय नहुने गरेको पाइएको बताए।
उनले कारागारा भित्रको घटना र तनावको स्थितीका बारेमा अध्ययन भइरहेको बताए । उनले अध्ययनको रिर्पाेट आयोगको केन्द्रीय कार्यालयमा बुझाईने बताए । आयोगले गएराति कैदीबन्दीबीचको झडपपछि उत्पन्न परिस्थितिलाई थप बिग्रन नदिन स्थानीय प्रशासनले थप चुस्त व्यवस्थापन गरिनुपर्ने विषयमा पनि ध्यानाकर्षण गराएको भट्टले बताए।
यसैबीच जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति नियन्त्रणमा रहेको र त्यसका लागि सबै व्यवस्थापन गरिएको बताएका छन्।

इडटपेन 









