धनगढी-कैलाली कारागारमा झडपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सुदूरपश्चिम सरकारले पाँच लाख राहत उपलब्ध गराउने भएको छ। घाईतेको उपचार पनि प्रदेश सरकारले नै ब्योहर्ने भएको छ ।
मुख्यमन्त्री कमल बहादुर शाहाको उपस्थितीमा आइतवार बसेको प्रदेश सुरक्षा समितिको बैठेकले कैलाली कारागारमा दुई समुह बिच भएको झडपमा मृत्यु भएका कैदी भरत चौधरीको परिवारलाई राहात दिने निर्णय गरेको हो । सवै घाइतेहरुको समेत प्रदेश सरकारले उपचार खर्च ब्यहोर्ने भनेको छ ।
कैलाली कारागारभित्र २३ गते राति कैदीबन्दीहरूको दुई समूहबीच झडपमा परी चौधरीको निधन भएको थियो। ४७ जनाभन्दा बढी कैदीबन्दी घाइते भएका थिए।
उक्त सुरक्षा बैठेकले कारागार भित्रको सुरक्षा र ब्यवस्थापनका पक्षमा सुधार गर्न कारागार प्रशासन , प्रमुख जिल्ला अधिकारीको कार्यालय , जिल्ला प्रहरी कार्यालयको कार्यालय निर्देशन पनि दिईएको छ ।
बैठेकले कारागारभित्र हेलोजन लाइट, सिसिटिभी क्यामेरा शीघ्र ज डान गर्ने निर्णय गरिएको छ। त्यस्तै कारागारको छानालगायत आवश्यक मर्मतसम्भार कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल सुरू गर्ने पनि उल्लेख छ।
कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कारागार सुरक्षाका लागि तत्काल आवश्यक पर्ने उपकरण तथा साधनहरू व्यवस्थापन गर्ने पनि निर्णय भएको छ।
कारागारभित्र सुरक्षा व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि संघीय सरकारलाई अनुरोध गर्ने, कारागारको क्षमता भन्दा झण्डै पाँच गुणा बढी कैदीबन्दी रहेको हुँदा उत्पन्न सुरक्षा चुनौनी न्यूनीकरण गर्न कारगारको क्षमताअनुसार कैदीबन्दी व्यवस्थापनका लागि कारागार विभागसँग समन्वय गर्ने पनि निर्णय भएको छ।
कारागारभित्र जाने खाद्यान्न, तरकारी तथा अन्य वस्तुको निगरानी र जाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारी मार्फत निर्देशन दिने लगायत निर्णय भएका छन्।


इडटपेन 









