धनगढी-कैलालीका युवा बैज्ञानिक खोजकर्ता अरुण लोहारलाई युवा प्रतिभा सम्मान २०८२ प्रदान गरिएको छ । जिल्लाको टिकापुर घर भई नासामा छनौट भएका लोहारलाई बिश्व अन्र्तराष्टिय दिवशका अवसरमा सुदूरपश्चिम प्रदेश युवा परिषदले मंगलवार एक बिशेष कार्यक्रमका बिच सम्मान गरेको हो । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहाले नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरेका हुन । साथै मुख्यमन्त्री शाहाले युवा बैज्ञानिक लोहोरलाई सुदूरपश्चिम सरकारका तर्फबाट नगद १ लाख सहित अन्य बृद्धिबिकासका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।
सोहि कार्यक्रममा बर्दगोरिया गाउपालिकाले एक थान ल्यापटप सहयोग गर्ने पालिकाका अध्यक्ष कर्ण बहादुर कुवरले घोषणा गरेका छन । युवा बैज्ञानिक अरुण अमेरिका स्थित राष्टिय हवाइ यातायात तथा अन्तरिक्ष प्रशासन नासाको एक परियोजनामा नेभिगेटरका रुपमा छनौट भएका छन ।
नासा स्पेस एप च्यालेन्ज २०२५मा अन्तरिक्षका बारेमा बिश्वभरबाट अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता बैज्ञानिक बिद्यार्थि , इन्नोभेछर्स , प्रोग्रामर्सहरुलाई अनलाइन माध्यमबाट मेन्टर र गाइड गर्ने नेभिगेटरका रुपमा लोहोर छनौट भएका हुन ।

इडटपेन 









