धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले युवा शक्तिहरूलाई नवप्रवर्तनसँग जोड्नुपर्ने बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय युवा परिषद् २०२५ को उपलक्ष्यमा प्रदेश युवा परिषद्ले बर्दगोरियामा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन ।
नेपाली जनताको हक अधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको चर्चा गर्दै उनले युवाहरुलाई रुपान्तरणको सद्भाव र परिवर्तनको सम्भाग भएको संज्ञा दिनुभएको छ।
युवा वर्गलाई प्रदेशमै रोजगारी दिनका निमित्त प्रदेश सरकारले युवा जनशक्तिलाई नवप्रवर्तन, स्टार्टअपका साथै सीप रोजगारी कार्यक्रम ल्याएको समेत जानकारी दिए । उनले युवा वर्गलाई लागू औषतको सम्बन्धि जानकारी दिनका लागि विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु प्रदेश सरकारले सञ्चालन गरेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री शाहले टिकापुरका अरुण लोहारलाई एकलाख आर्थिक सहयोग तथा वृद्धि बिकासमा समेत प्रदेश सरकारले सहयोग गर्ने बताए ।
लोहारले देशका विभिन्न स्थानहरुमा निस्शुल्क खगोल विज्ञान सम्बन्धि क्रियाकलाप गर्दै आएका छन ।

इडटपेन 









