नेपाल किसान महासंघको सुदूरपश्चिमको अध्यक्षमा बिष्ट निर्विरोध निर्वाचित

धनगढी -नेपाल किसान महासंघको सुदूरपश्चिम प्रथम अधिबेशनले हरेन्द्र बिष्टको अध्यक्षतामा २५ सदस्यीय सुदूरपश्चिम कार्य समिति निर्विरोध निर्वाचित भएको छ ।
धनगढी देवतालिम केन्द्रमा भएको सुदूरपश्चिम महासंघको प्रथम अधिबेशनले अध्यक्षममा बिष्ट , उपाध्यक्षमा जन्मजय तिमिल्सेना महिला उपाध्यक्षमा इन्द्रा बाहेरा , सचिवमा खगेन्द्र ओझा , सह सचिवमा फकिर बहादुर रोकाय निर्विरोध निर्वाचति भएका छन । सदस्यहरुमा जय बहादुर कुवर , झगडी कामी, गोपी प्रसाद खनाल, अम्मरराज साउद , अरुण खडयत, कृष्णा ओझा , नवराज बुढा , सुरत बहादुर साउद , भावना खडका, जोवहिलाल डगौरा , ठिका क्षेत्री, तेज बहादुर बम , जंगबिर बिष्ट, प्रेम कट्टेल, दशरथ चौधरी , बिक्रम चोधरी , गीता रावल, दीपा बोहरा कृष्णा घर्ति र निर्मला अवस्थी निर्बिरोध रुपमा सदस्यमा निर्वाचित भएका छन ।