शहीद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय संचालनका लागि प्रदेश सरकारलाई ध्यानकर्षण

धनगढी- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले ऐन अनुसार विश्वविद्यालय यथासिघ्र सञ्चालनका लागि प्रदेश सरकारको सोमवार ध्यानाकर्षण गराएको छ ।
प्रदेश सरकारका मुख्मन्त्रीलाई ज्ञापन पत्र मार्फत समितिले ऐन अनुसार विश्वविद्यालय सभा गठन र पदाधिकारी नियुक्तिका लागिकार्य गर्नुपर्ने र विश्वविद्यालयले रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रुपान्तरणमा ठुलो योगदान पुर्याउने भएकाले यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग राखि ज्ञापन–पत्र बुझाएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले संघ सरकारसँगको संवाद र छलफलबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्ने बताउनु भएको छ ।
मुख्यमन्त्री कार्यालयमा ज्ञापन–पत्र बुझाउन पुगेको संघर्ष समितिलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहाले उक्त कुरा बताएका हुन । उनले संघ सरकारसँग निरन्तर संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनमा गतिशीलता ल्याउने बताएका छन ।