धनगढी -सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहले अपराध नियन्त्रणमा कसैले अवरोध गर्न नहुने बताउनु भएको छ ।
बुधबार जिल्ला समन्वय समितिले धनगढीमा आयोजना गरेको आर्थिक बर्ष २०८१र०८२ को वार्षिक प्रगति समिक्षा एवं स्थानीय तहको असल अभ्यास सम्बन्धि अनुभव आदन(प्रदान कार्यक्रमको समुउद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख उपस्थित कार्यक्रममा उहाँले अपराध नियन्त्रण गर्ने क्रममा कसैको अनुहार नहेर्न समेत आग्रह गर्नुभयो । “कुनै किसिमको अपराध सह्यय हुने छैन, कुनै किसिमको गुण्डागिरी सह्यय हुनेछैन।” मुख्यमन्त्री शाहले भन्नुभयो, “अपराध र लागू औषध नियन्त्रणमा हामी सबै जनप्रतिनिधिहरुले सहयोग गर्नुपर्छ, हामीले त्यो वातावरण निर्माण गरेका छौ, अझै प्रभाबकारी बनाउन जरुरी छ।” उहाँले लागू औषध नियन्त्रणका लागि ड्रग डिलरको पहिचान गर्न जनस्तरबाटै महत्पूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो।
धेरै किसिमका सफल अभ्यास र सुधारका प्रयास र प्रयत्नहरु गर्दा गर्दै साना तिना अवरोधहरु आउने स्थिती भएपनि जनतालाई डेलिभरी दिनेकुरामा ढुलासुस्ति गर्नु नहुनेमा मुख्यमन्त्री शाहको जोड थियो ।“संविधान अनुसार निर्माण गरिएका ऐन नियम सबैले मान्नु पर्दछ।” मुख्यमन्त्री शाहले भन्नुभयो, हामी कसैको अधिकार खोस्न वा कसैलाई खुसी र कसैलाई दुस्खी बनाउन खोजेको नभई प्रदेश निजामति ऐन र स्थानिय सेवा सञ्चालन सम्बन्धि ऐनलाई कार्यान्वयन र व्यवस्थित गर्नन खोजेको हो ।” प्रदेश सरकारले प्रदेश निजामति ऐन र स्थानिय सेवा सञ्चालन सम्बन्धि जारी गरेकै कारण कर्मचारीहरुको वृत्ति विकास भएको बताउँदै मुख्यमन्त्री शाहले ऐन निर्माणका क्रममा आएका समस्याहरु कर्मचारी नेतृत्वसँगको संम्बादबाट समाधान गरेको बताउनु भयो । उहाँले ऐनमा केही समस्या भए प्रदेश सरकार संशोधनका तयार रहेको बताउनु भयो ।
एक अर्को प्रशंगमा मुख्यमन्त्री शाहले पालिकामा वित्तिय हस्तान्तरण तर्फको बजेट आफु आएपछि क्रमश बढाउदै लगेको बताउनु भएको छ । उहाँले पहिलो पटक आफु मुख्यमन्त्री हुँदा दुई प्रतिशत रहेको वित्तिय हस्तान्तरण बढाएर पहिलो वर्षमा आठ प्रतिशत र दोस्रो कार्यकालमा बाह्य प्रतिशत पुर्याएको बताउनु भयो ।

इडटपेन 









