आज देखि गौरा पर्वको बिधिवत् रुपमा प्रारम्भ

धनगढी- सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ।
पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा ५ प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको सुरुवात गर्ने चलन छ। त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ। बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ। गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ।पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने यसका जानकार लिलादेवी ठकुराठीले बताईन ।
ु, ुबिरुडा भिजाइँदा माङ्गलिक सगुन फाँग गाइन्छ ।
महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । सप्तमीका दिन गौरा देविलाई नजिकको मठ–मन्दिरमा भित्रयाएर पुजा–अर्चना गरि महिलाहरुले दुबो धागो चढाउने गर्छन । गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलोर गौरा मनाउने स्थलमा पुजाआजा गर्छन ।
ुगौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुवधागो लगाउने चलन पनि छ । गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ।ु
आजैदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ। प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गर्ने चलन छ।
सुदूरपश्चिमको सास्कृतिक पहिचान गौरा पर्व को रौनक गाउघरमा सूरु आजैबाट भएको छ । गौरा पर्वको आगमनले घर मात्रै नभएर स्थानिय मठ मन्दिर पनि सिंगारिएका छन । कुनै गाउमा गाउमा गौरा खलो र घर बनाएको छ । त्यहा गौरालाई बिशेष शरुमा मनाउने गरिन्छ ।यस अवसरमा प्रदेशमा भएका सुदूरपश्चिमेलीहरु पनि घर फर्कने गरेका छन । यसैले हरेकको घरमा मिलनको खुसी पनि साटेको हुन्छ । दशै र तिहार भन्दा पनि ठुुलो पर्वको रुपमा मनाइने गौरा बिशेष गरि बैतडी डडेल्धुरा , दार्चुला र डोटी जिल्लामा अझ बढी भब्यताका साथ मनाउने चलन छ ।