मुख्यमन्त्री शाहाको आग्रह : प्रचुर सम्भावना बोकेको सुदूरपश्चिममा लगानी गरौं

काठमाण्डौ-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रचुर सम्भावना बोकेको सुदूरपश्चिमको विकासका लागि संघीय सरकार सहित सबै निकायको सहयोग साथ चाहेको बताउनु भएको छ ।
बिहिबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजधानीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनमा उनले उक्त कुरा ब्यक्त गरेका हुन ।
उनले सबैको साथ सहयोग खोजेको समेत बताए । सुदूरपश्चिम प्रदेशको दीर्घकालीन समृद्धि र समग्र विकास प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन– २०८२ को आयोजना गर्न लागेको समेत जानकारी दिए ।
उनले सबै पक्षलाई लगानी गर्न आग्रहगर्दै प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन– २०८२ को मिति तय गरेकको समेत जानकारी दिए । उक्त कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीज्को अध्यक्षतामा भएको थियो । कार्यक्रममा मुख्यमन्त्री शाहले सुदुरपश्चिममा खनिज, जडिबुटी, पस्मिना, पशुपालन, पर्यटन, उद्योग लगायत थुप्रै सम्भावना सुदूरपश्चिमले बोकेका कारण लगानी गर्न सकिने र सोको लागि प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।