संघीय राजधानीमा उद्योग परिसंघ संग मुख्यमन्त्रीको छलफल

धनगढी-सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमलबहादुर शाहले सुदुरपश्चिम प्रदेश लगानी तथा बिकास सम्मेलन( २०८२ को टोलि र नेपाल उद्योग परिसंघबीच काठमाडौमा सुदूरपश्चिम प्रदेशमा लगानी तथा बिकासका सन्दर्भमा अन्तरक्रिया तथा छलफल भएको छ ।
छलफलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन ।
‘मुख्यमन्त्री शाहले उद्योग स्थापनाका लागि जग्गा मात्र होइन, बाटो, विजुली र पानी प्रदेश सरकारले व्यवस्था गर्ने बताए । र्सुदूरपश्चिमलाई समृद्ध बनाउन निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए ।
‘उनले ‘लगानीमैत्री वातावरण निर्माण गर्न सिंगो सरकार र सदनको विश्वास लिएर हामी लागिरहेका बताए ।
मुख्यमन्त्री शाहले सुदूरपश्चिममा निजी क्षेत्रको लगानी सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाए ।