कैलाली उद्योग बाणिज्य संघमा दुई टिम चुनावी मैदानमा

धनगढी -कैलाली उद्योग बाणिज्य संघको अगामी तिन बर्षे कार्यकालका लागि उद्योग ब्यावसायीका दुई टिम चुनावी मैदानमा छन । अगामी भदौ २८ गतेलाई चुनावी मिति तोकिएको उवासंघको नेतृत्वका लागि बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझा र पुर्व महासचिव रुपेश स्वारको दुई टिम चुनावी मैदानमा छन ।
दुवै जना अध्यक्षका प्रत्र्यासीले पुरै कार्य समितिको पदादिकारी र सदस्यहरु सहितको प्यानेल घोषणा गरेका छन । प्यानेल अनुसार दुवै टिम मतदाता ब्यवासायीहरु संग मत माग्दै घरदैलोमा निस्केका छन ।

नयाँ कार्यसमितिका लागि पुष्कर राज ओझाको नेतृत्वमा प्यानलमा वरिष्ठ उपाध्यक्षमा ओम बहादुर बिष्ट उपाध्यक्ष उद्योग तर्फ वासुदेव भट्ट, उपाध्यक्ष एसोसिएट तर्फ मनोज अग्रवाल, उपाध्यक्ष वाणिज्य तर्फ गगनराज केसी, उपाध्यक्ष वस्तुगत तर्फ भीमराज ओझा अबु महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्र बहादुर कडायत र सचिवमा कृष्ण कुमारी बिष्टको उम्मेदवारी रहने भएको छ।

ओझा प्यानलमा सदस्यमा अजय पाण्डेय, सुरेश सापकोटा, बम बहादुर कुँवर, ध्रुबराज दाहाल, कमला भट्टराई, पदमबहादुर सिंह, प्रजापति जोशी, रेखा बास्तोला, सुरज बहादुर रैका, तर्कराज भट्ट, टेकबहादुर खड्का, अनुप भण्डारी र बिन्दु सुनारको नाम समावेश गरिएको छ।
अध्यक्ष पदका उम्मेदवार ओझा नेतृत्वको प्यानलले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। “व्यवसायीको हित, सबल नेतृत्वको जीत” नारासहित ओझा समूहले शनिबार धनगढीमा पत्रकार सम्मेलनमार्फत १५ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
स्वाँर समूहले पनि गए सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्यानलसँगै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। “व्यवसाय र व्यवसायीको सुरक्षा ः हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ स्वाँर प्यानल चुनावी मैदानमा छ ।
स्वाँरको प्यानेलमा स्वाँरको प्यानलबाट केशवराज जोशी वरिष्ठ उपाध्यक्ष लड्ने भएका छन्। उपाध्यक्ष उद्योगमा लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा अनिलकुमार भुजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी र वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु उम्मेदवार रहेका छन्।
स्वाँर प्यानलबाट महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलक बोहरा र सचिवमा प्रकाशकुमार चन्द स्वाँर प्यानलबाट उम्मेदवार रहेका छन्। सदस्यमा रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरतबहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपेश राठोर, अमर चोखाल, प्रमिला पाठक र मन्जु भट्ट उम्मेदवार छन्। घोषणा कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष पुष्पराज कुँवर पनि सहभागी थिए ।

स्वाँर ०७५ पुसमा भएको संघको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए। उनी उक्त निर्वाचनमा पुष्पराज कुँवरसंग ७९ मतले पराजित भएका थिए। ०७९ जेठमा भएको निर्वाचनमा भने उनी चुनाव लडेका थिएनन्।