धनगढी-सुदूरपश्चिमको राजधानी धनगढी सहरका बिभिन्न सडक चोक मार्गबाट जिन जि पुस्ताले सरकार बिरुधको प्रर्दशन गरेका छन ।

सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आजमंगलवार देशभर प्रदर्शनले ब्यापकता पाए संगै मंगलवार धनगढीमा पनि चर्किएको छ । बिहान १० बजे तिर जिन जि प्रर्दशनकारीले मुख्यमन्त्रीको कार्यलयको मुख्य ढोका अगाढी आगजनी संगै भित्र प्रवेश गर्नखोज्दा सुरक्षा पंक्ति संग मुडभिडनै भएको छ ।

प्रहरीले बल प्रयोग गर्न खोज्दा सयौको सख्यामा प्रर्दशनकारीबाट पनि ढुंगा प्रहार भएको छ । उक्त स्थानमा स्थिती तनावपुर्ण रहेको छ ।

त्यस्तै प्रर्दशनकारीहरुले जिल्ला प्रशासन कार्यालय, प्रदेश भवन लगायत प्रदेश मन्त्रालय , सरकारी कार्यलय सडक चोकमा टायर जलाएर बिरोध प्रर्दशन जारी राखेका छन । परराष्ट्र मन्त्री आरजू राणा देउवाको धनगढीस्थित घरमा जेनजी प्रदर्शनकारी प्रवेश गरेका छन्।धनगढी उपमहानगरपालिका– ४ मा रहेको घरमा प्रदर्शनकारी प्रवेश गरेका हुन्।उनीहरुले त्यहाँ ढुंगामुडा गरेका छन् भने आगो पनि लगाइएको छ। देउवाको उक्त घरमा अहिले मर्मतको काम चलिरहेको छ। काग्रेस र एमालेका कार्यलय तर्फ पनि प्रर्दशन भएको छ । जिन जि पुस्ताका प्रर्दशनकारीहरु सडकमा उत्रिने सख्यामा बढदै छ ।


दिउसो सम्ममा हजारौका सख्यामा सडकमा जिनपुस्ता सडकमा ृउत्रेका छन । नियन्त्रणमा लिन प्रशासनलाई चुुनौती थपिएको छ ।


यसै बिच धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले समेत जिन जि आन्दोलनलाई समर्थन जनाउदै आन्दोलान ससक्त बनाउन आउह्वान गरेका छन ।







मंगलवार जिन जिको आन्दोलन समर्थनमा बन्द भएको छ ।

ष्टाचार, बेथिति र सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जिन जि पुस्ता राजधानी काठमाण्डौमा शसक्त रुपमा आन्दोलनमा उत्रेको थियो । सरकारले उक्त आन्दोलनलाई दवाउन १९ जनाको ज्यान संग ५ सय भन्दा बढीलाई घाईते बनाएको थियो । सरकारको दमनको प्रतिकार स्वरुप दशेभर जिन पुस्ताको आन्दोलनले आगो सल्काउदै छ । पार्टीं कार्यलय , नेताका घर , सरकारी कार्यलय तथा प्रदेश मन्त्रालयहरु निशासनमा परेका छन

इडटपेन 









