धनगढी-धनगढीमा कर्फ्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कर्फ्यु आदेश जारी गरेका हुन् ।जिन जि पुस्ताको प्रर्दशनकारीहरु कर्फ्यु आदेशका बिच पनि आगजनी र तोडफोडलाई जारी राखेका छन । अहिले सुदूरपश्चिमको राजधानी धनगढी अशान्त छ ।
कर्फ्यु आदेशका बिचमा काग्रेस र एमाले पार्टी कार्यलयमा आगजनी गरेका छन । प्रदेश प्रमुखको कार्यलयमा आगजनी गरेका छन । सहरका बिभिन्न सडक चोकमा टायर बालेर बिरोध प्रर्दशन जारी राखेका छन । बजारका सटर बन्द छ । जिन जि पुस्ता मोटरसाईकल र पैदल मार्च प्रर्दशनमा छ । मुख्यमन्त्री कार्यालय , मन्त्रालय अगाढी तनाव पुर्ण रहेको छ । काग्रेस र एमाले कार्यालयमा आगजनी भएको छ । काग्रेस कार्यलयको समान बाहिर ल्याएर जलाएका छन । भित्र पनि आगो लगाएका छन । त्यस्तै एमाले कार्यलयमा पनि भएको छ ।
स्थानिय प्रशासनले १२ः२० देखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।


इडटपेन 









