धनगढीको जनजीवन सामान्य बन्दै, केहि कार्यलय आशपाश निषेधाज्ञा

धनगढी-धनगढी सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको जनजीवन विस्तारै सामान्य बन्न थालेको छ।स्थानीय प्रशासनले कर्फ्यु हटाएपछि जनजीवन सामान्य बन्दै गएको हो।
प्रशासनले कैलाली जिल्लाभर जारी गरेको कर्फ्यु हटाएको छ ।भदौ २६ गते प्रशासनले अनिश्चित कालका लागि रातीको समयमा जारी गरेको कर्फ्यु हटेको हो ।जेनजी आन्दोलनको कारण उत्पन्न असहज परिस्थितिले जनजीवन कठिन बनेको थियो।धनगढीका पसल, नास्ता पसल तथा होटेलहरू खुल्न थालेका छन्। छोटो दुरीका सार्वजनिक सवारीसमेत सञ्चालनमा आएका छन्।

शनिवार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालद्वारा जारी निषेधाज्ञा निश्चित स्थान तोकिएको छ ।जसअनुसार संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न कार्यालय भवन, सुरक्षा निकायका कार्यालयहरू तथा परिसरहरू र अत्यावश्यक वस्तु, सेवा आपूर्तिका स्थलहरू, मठ मन्दिरहरू तथा मुख्य बजार केन्द्रहरू हरेका छन् ।