वन देवी मन्दिर नजिकै सयपत्री लगायतका फुलहरु उपलब्ध

धनगढीः धनगढी उपमहानगरपालिकाको परिसर अगाढी वन देवी मन्दिर नजिकै सयपत्री लगायतका फुलहरु पाइने भएका छन ।
उपहानगरपालिकाले फूल बिक्री केन्द्र चलाउन निःशुल्क भवन उपलब्ध गराएकोले स्थानिय फुल उत्पादन किसानले दशै तिहारमा फुलहरु बिक्री गर्न पाएका छन । उपभोक्ताले पनि सहजै सुपत मुल्यमा फुल पाउने भएका छन ।
उक्त भवनमा उपमहानगरपालिका र प्रदेशको कृषि विकास निर्देशनालयको आर्थिक सहयोगमा कोल्ड च्याम्बर समेत बनाइएको छ।धनगढी उपमहानगपालिका क्षेत्रभित्र पुष्प व्यवसाय गर्ने करिब १७ जना किसानले उत्पादन गरेको फूल बिक्री केन्द्रमा राखिने केन्द्रका सञ्चालक पुष्कर बिष्टले बताए।
किसानले उत्पादन गरेको फूल पालैपालो बिक्री केन्द्रमा ल्याउने गरेका उनले बताए । ुमाला ८० रुपैयाँमा बिक्री भइरहेको छ भने ३५० रूपैयाँ प्रति किलोग्रामका दरले सयपत्री फूल बिक्री भइरहेको उनले बताए । उनले दसैं र तिहारमा मात्रै नभएर १२ महिना नै धनगढीको फूल बिक्री केन्द्रमा उपभोक्ताले खोजेको फूल, माला पाइने सञ्चालक बिष्टले बताए।
उनले वरमाला, दुबोको माला, गुलाफ लगयातका फूल समेत उपलब्ध रहेको बताए। फूल बिक्री केन्द्रमा विवाहको गाडी सजाउनेदेखि मण्डप र विभिन्न कार्यक्रमका मञ्च सजाउने सेवासमेत दिने गरेको बिष्टले बताए।धनगढी उपमहानगरपालिकाले स्थानिय फुल उत्पादनकर्तालाई सुरूमा फूल उत्पादन गर्ने तालिम , सजावट सम्बन्धी तालिम दियो भने भर्खरै कट फ्लावर उत्पादन सम्बन्धी तालिम पनि दिएको बताए ।