धनगढी नेपाली कांग्रेस सुदूरपश्चिम केही केन्द्रीय सदस्य, सुदूरपश्चिमका मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश समितिका कार्यवाहक सभापतिलगायत अधिकांस सिनियर नेताले अहिले एकताको आवश्यकता रहेको बताएका छन ।
विशेष महाधिवेशन वा नियमित महाधिवेशन माग गरिरहेका पदाधिकारीहरूलाई लक्ष्य गर्दै सुदूरपश्चिमका नेताहरुले नियमित महाधिवेशनमा सभापति शेरबहादुर देउवाले अब विधानअनुसार सभापति नलड्ने भनेको कुरा मनन गर्न पनि उनीहरूले भनेका छन्।
‘पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलन जस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने, पार्टीमा एकता कायम हुन नदिनेजस्ता गतिविधिले पार्टी कमजोर मात्र होइन, लोकतन्त्र नै समाप्त हुने भएकोले सबै साथीहरू सचेत र सजग रहन अपिल गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ।छलफलमा सुदूरपश्चिम मुख्यमन्त्री कमल बहादुर शाहा ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, नृपबहादुर वड, राष्ट्रिय सभा सदस्य नारायण मिश्र, नारायणदत्त भट्ट, कांग्रेस सुदूरपश्चिम प्रदेशका कार्यबाहक सभापति लोकराज अवस्थी लगायतको उपस्थिति थियो।
नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिका उपसभापति भीम बडुवाल र युवा नेता लोकराज पाण्डेय आगोले भने पार्टीभित्र तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने माग गरेका छन्। धनगढीको जलसा होटलमा पत्रकार सम्मेलन गर्दै पार्टीले वर्तमान शैलीमै राजनीति गरे ठूलो पराजय व्यहोर्नुपर्ने चेतावनी दिए ।वर्तमान अवस्थामा पार्टीलाई संकटबाट बचाउन नेपाली कांग्रेसको नियमित महाधिवेशन २०८२ मंसिरभित्र सम्पन्न गर्ने, विशेष महाधिवेशन गर्ने मात्रै दूई उपाय रहेको समेत दाबी गरे।
नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट १०९ जनाले सामूहिक विज्ञप्ति निकालेर विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरूवात गरेका छन ।कांग्रेसभित्र पार्टीलाई सुधार गर्नुपर्ने र त्यसका लागि नेतृत्व परिवर्तनको आवाज उठेको छ भने सभापति देउवा पक्षले भने अहिले नै देउवाले नेतृत्व छाड्न नहुने मत देखिन्छ।

इडटपेन 









