धनगढी – जिन्जी बिद्रोहको नाममा भाद्र २४को अपरान्ह् एक हुल जिल्ला प्रशासन कार्यालय परिसर भित्र छिरे । बिनारोकटोक परिसर भित्र छिरेको हुलले प्रशासन भवन तोडफोड संगै आगजनी त गरे तर संगै जिर्ण अवस्थामा रहेको अर्काे भवनमा पनि आगजनी गरे ।
जिल्ला प्रशासन परिसर भित्रको एक जिर्ण भवन जल्दै गर्दा सुदूर एक प्रशासनिक चिनारी समेत मेटिदै थियो कसैले हिक्का नगर्दा आगजनीबाट रोक्ने प्रयास पनि कसैले गरेको देखिएन । निभाउने प्रयास पनि भएन ।
एक ऐतिहासिक संरचनाको रुपमा मात्र खडा रहेको यो पुरानो संरचनालाई जलाउनुको कुनै औचित्य थिएन भन्छन, प्रशासनका कर्मचारीहरु । प्रशासकिय अधिकृत शिवराज जोशीका अनुसार यो भवनबाट प्रशासनिक कामकाज हुन छोडेको पनि झन्डै १२÷१३ बर्ष पुगि सकेको छ । यो भवन एक स्टोरका लागि मात्रै प्रयोगमा ल्याइएको थियो । पछिल्लो समयमा राष्ट्रिय परिचय पत्र बनाउनका लागि २÷४ कोटा तल्लो तलाको प्रयोग भईरहेको थियो ।
‘२०६८/०६९ देखि जिल्ला प्रशासन कार्यालयको काम नया भवनबाट सुरु भएको’प्रशासनका जोशीले भने, ‘यो जिर्ण भवन भित्र केहि पुरानो फाईलका डड्डा राख्ने स्टोर रुम र राष्ट्रिय परिचय पत्रको काम मात्रै हुदै आएको थियो।’
‘राणाकालिन अवस्थामा वडा हाकिमको प्रशासनिक भवनको रुपमा निर्माण भएको उक्त संरचना कहिले बन्यो एकिन गर्ने तथ्यांक अहिले छैन’ वडा नम्वर ५का वडा सदस्य दत्तुराम पाण्डेयले भने, तरपनि यो करिव ८० /९० बर्ष पुरानो संरचना हो ।’उनी आफै ले करिव दश बर्ष जति यस जिर्ण भवनबाट प्रशासन सेवा दिएका हुन । प्रशासन सेवाका पुर्व कर्मचारी समेत रहेका पाण्डेयले भने ,यस भवनले सुदूरपश्चिचमको प्रशासन अड्डाको ऐतिहास पनि बोकेको छ ।’
उनले जिल्ला प्रशासन परिसर भित्रको एक जिर्ण भवन जल्दै गर्दा सुदूर एक प्रशासनिक चिनारी पनि मेटिएको बताए । अव सुदूरपश्चिममा लामो समय प्रशासनिक सेवा सन्चालन गरेको ऐतिहासिक भवननै नहरेको उनले बताए । उनका अनुसार एक दशक अघि सम्म तिन तले स्वास्थयको भवन र कोष लेखा नियन्त्रण कार्यालयको पुरानो भवन थिए । ति भत्काएर नय“ा भवन निर्माण गरिएसंगै पुरानो संरचनाको रुपमा यो एउटा मात्रै त्यै भवन बचेको थियो । उनले योपनि जिन्जीको बिद्रोह संग आएको बिध्वन्सकारी हुरीले नामिट भएको छ ।
उनले यो एक एतिहासिक प्रशासानिक अड्डा मात्रै नभएर सुदूरपश्चिम प्रदेशका लागि एक सिहदरवार जस्तै भवन हो भने । ‘ जुन भवनबाट साठी/ सत्तरी बर्ष सुदूरपश्चिमको प्रमुख प्रशासकिय अड्डाको रुपमा रहेको थियो ।’ उनले भने, त्यो भवन जल्दा कुन नेपालीको मन होला र ? ’
साढे सात बिगाहा जमिन क्षेत्रफलमा रहेको जिल्ला प्रशासन कार्यालय परिसर भित्र तिन दशक बढी यो भवन तत्कालिन अन्चालाधिसको अड्डाको रुपमा थियो । राणाका बडाहाकिम , पन्चायतकालका अन्चालाधिस र बहुदलिय तथा लोकतान्त्रिक ब्यवस्थाका प्रशासन प्रमुख प्रमुख जिल्ला अधिकारी सिडियो कार्यलयको रुपमा चलेकोले पनि जनताका नजरमा यो भवन सिहदरवार जस्तो रुपमा खडा थियो भन्छन, पाण्डेय । आगजनीले खण्डहर मल्वा सफा संगै एतिहास मेटिने छ । सभार मोहन बुडाऐर ब्लकपेज

इडटपेन 









