धनगढी- शुक्रबार मुख्यमन्त्रि निवासमा बेसेको सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले गरेका खर्च कटौति सम्वन्धि निर्णयहरुका गरेका छन ।
मुख्यमन्त्री सचिवालयका अनुसार १० लाख भन्दा कम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने नगराउने,प्रदेश सरकार मातहतका निकायहरूबाट संचालन हुने कुनै पनि आयोजनाहरू उपभोक्ता समिति मार्फत कार्यन्वयन नगर्ने नगराउने, एउटै क्रियाकलाप नम्वरमा समावेश भएका दुई वा दुई भन्दा बढी खानेपानी तथा सिचाई बाहेकका आयोजना तथा कार्याक्रम कार्यान्वयन नगरि खर्च कटौति गर्ने जनाएको छ । त्यसैगरि हाल बिनियोजन रकममा छपाई तथा प्रकाशन तर्फ ७० प्रतिशत र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन खर्च, तालिम, गोष्ठी तथा सेमिनार तर्फ विनियोजन बजेटको ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।त्यस्तै अनुभव आदान प्रदान तथा अन्तर प्रदेश भ्रमण, दिवस, समाहरोह, उत्सव मनाउने जस्ता कार्यक्रम कार्यान्वयन नगर्ने बताइएको छ ।

इडटपेन 









