धनगढी पार्कमोड सडकको जेन्जी मार्ग नामकरण

धनगढी-धनगढी उपमहानगरपालिका पार्कमोड(कभर्डहल ) नामाकरण जेन्जी मार्ग गरिएको छ । धनगढी उपमहानगरपालिकाको शुक्रवार बसेको बैठेकबाटै सडकको औपचारिक रुपमै जेन्जी मार्ग नामकरण गरिएको हो।
जेन्जी आन्दोलन र जेन्जी सहिदहरुको सम्मानमा पार्कमोड, कभर्ड हलहुँदै क्याम्पस रोड जोड्ने सडकलाई जेन्जी मार्ग नामकरण गर्ने घोषणा गरिएको नगर प्रमुख गोपाल हमालले बताए । नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेन्जी आन्दोलन सफल भएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सो मार्गलाई जेन्जी मार्ग नामकरण गर्ने घोषणा गरेका थिए। धनगढी उपमहानगरपालिका घर भएका २ जना जेन्जीले समेत जिन्जी आन्दोलनमा शाहादत प्राप्त गरेका छन ।