कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको चुनाव हुदै

धनगढीः कैलाली उद्योग वाणिज्य संघले ५१ औं साधारण सभा गर्दै नयाँ नेतृत्व निर्वाचित गर्न शनिवार मतदान भईरहेको छ ।बिहान १० बजेबाट मतदान सुरू भएको छ। दुई समूह प्रतिस्पर्धामा छन्।

पुष्कर ओझा र रुपेश स्वाँरको दुई समूह चुनावी मैदानमा प्रतिस्पर्धामा छन्। ,वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र राठी तथा सचिवमा कोपिला कुँवरको भने स्वतन्त्र उम्मेदवारी छ।
शनिवार बिहान १० बजे सुरू भएको मतदात साँझ ५ बजेसम्म चल्ने प्रमुख मतदान अधिकृत लोकबहादुर बिष्टले बताएका छन। कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनोटका लागि दुई हजार ३३५ जनाको नाम मतदाता नामावलीमा समावेश छ। निर्वाचन मतदान प्रकृया सकिए लगत्तै मतगणना हुने निर्वाचन मण्डलले बताएको छ ।