धनगढी – कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा निर्वाचित भएका छन् । आफना प्रतिस्पर्धि रुपेश स्वाँरलाई मात्र ६१ मतले पराजित गर्दै ओझा निर्वाचित भएका हुन ।
संघमा २ हजार ३ सय ३५ मतदाता रहेकोमा कुल खसेको १९४० मतमध्ये ९५० मत पाएर ओझा बिजयी भएका हुन् । ६१ मतको अन्तरले पछि परेका निकटतम प्रतिद्धन्द्धी स्वाँरले ८८९ मत पाएका थिए।
ओझा र स्वाँर दुबै जनाको प्यानल चुनावी मैदानमा होमिएको थिए । निवर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका ओझाको नेतृत्वमा चुनावी मैदानमा होमिएको प्यानलका अधिकांश उम्मेदवार बिजयी भएका छन् ।
ओझा नेतृत्वको प्यानेलबाट पदाधिकारी पदमा तीन उपाध्यक्ष र महासचिव पदमा बिजयी भएका छन । स्वाँरनेतृत्व प्यानेलबाट २ उपाध्यक्ष , सचिव र कोषाअध्यक्ष बिजयी भएका छन ।
स्वाँर नेतृत्वको प्यानेलबाट बरिष्ठ उपाध्यक्षमा केशव राज जोशी बिजयी भएका छन । ओझा प्यानेलका ओम बिष्ट बरिष्ठ उपाध्यक्ष पदमा पराजित भएका छन । त्यस्तै उपाध्यक्ष ( उद्योग )मा लक्षमण राज पन्त , सचिव.. प्रकाश बहादुर चन्द…. र कोषाअध्यक्ष पदमा तिलक बहादुर बोहरा बिजयी भएका छन ।
ओझा प्यानेलबाट उपाध्यक्ष ( एसोसियट) पदमा मनोज अग्रवाल , बाणिज्य उपाध्यक्षमा गगन के सी र बस्तुगत उपाध्यक्षमा भीमराज ओझा अब्बु बिजयी भएका छन । त्यस्तै महासचिव पदमा ओझा प्यानेलबाट उम्मेदवारी दिएका दिनेश लम्साल बिजयी भएका छन ।
सदस्यहरुमा शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक विजयी भएका छन् ।
कैलाली उद्योग बाणिज्य संघको नौ पदाधिकारी र १३ सदस्य पदका लागि दुवै टिम र स्वतन्त्रबाट जम्मा ५० जनाको उम्मेकदवारी रहेको थियो ।

इडटपेन 









