धनगढी –उप –महानगरपालिका अन्तरगतका १ सय ५० एकल महिला अहिले मुक्तिनाथ धार्मिक यात्रामा छन । उनिहरुलाई धनगढी उप–महानगरपालिकाले निशुल्क यात्रा गराएको हो । उनीहरुले आफनो धार्मिक यात्रालाई जिवनकै अत्यान्तै सुखद अध्यात्मिक रमाईलो ज्ञान यात्रामा रुपमा लिएका छन ।
अहिले पनि समाजमा सवै एक्कल महिला समाजिक बिभेद र लाञ्छनाबाट मुक्क्त छैन्न । आर्थिक , समाजिक राजनितिक , सास्कृतिक तथा धार्मिक सवै दृष्टिकोणबाट समाजमा अझै केहि एक्कल महिलाको जिवन असाहय जस्तै रहेको छ । समाजले लगाउने बिबिधखाले लाञ्छनाको सिकार भएर कयौं एक्कल महिलाले आफनो जिवनमा खुसीको बहार भर्न सकेका छैन्न । गाउ“घरको संसार भन्दा बाहिरी संसारको कहिल्यै अवलोकन भ्रमण गर्न समेत नपाएका एक्कल महिलाका लागि धनगढी उपमहानगरले गराएको यो धार्मिक यात्रा जिवनको दुर्लभ रमाईलो र धार्मिक अध्यात्मिक यात्राको रुपमा स्थापित भएको छ । यात्रामा सहभागि एक्कल महिलाले यो यात्रालाई भिडियो जिवनको अविस्मरणिय खुसीको बाहार भरिएको यात्रा भनेका छन ।
धनगढी उपमहानगरपालिकाले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यो वर्ष एकल महिलाहरूलाई मुक्तिनाथ यात्रामा पठाइएको हो। गएको असोज २४ गते शुक्रवार धनगढीका १५० जना एकल महिला मुक्तिनाथ यात्राका लागि प्रस्थान गरेका हुन। उनीहरूलाई नगर प्रमुख गोपाल हमाल लगायत जनप्रतिनिधि र कर्मचारीले बिदाइ गरेका थिए ।धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९र८० देखि हरेक वर्ष जेष्ठ नागरिकहरूलाई मुक्तिनाथ यात्रामा पठाउन थालेको हो। यो वर्ष भने उपमहानगर क्षेत्रभित्र स्थायी बसोबास भएका एकल महिलाहरूलाई मुक्तिनाथ दर्शन गर्न पठाइएको हो।
मुक्तिनाथ दर्शन गर्न सुरुको वर्ष १३१ जना जेष्ठ नागरिकलाई पठाइएको थियो भने आर्थिक वर्ष २०८०र८१ मा १४० जना, आर्थिक वर्ष २०८१र८२ मा १३१ जना जेष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गर्न पठाइएको थियो। उपमहानगरपालिकाले चालु आर्थिक वर्षसम्म ५५२ जना नगरवासीले मुक्तिनाथ दर्शन गर्ने अवसर पाएको जनाएको छ।
उपमहानगरपालिकाले मुक्तिनाथ यात्राको दौरान पोखरा, बागलुङ, म्याग्दी र चितवनका धार्मिक स्थलको समेत दर्शन गराउने व्यवस्था मिलाउने गरेको छ। उपमहानगरले तीर्थालुहरूलाई तनहुँ र चितवनमा पर्ने देवघाट र नवलपरासीमा पर्ने शाश्वत धामको समेत दर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ।
भिडियो सौजन्य :धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालको सचिवालय

इडटपेन 









