धनगढी – जेन्जी आन्दोलनले २४गतेका दिन गरिएको तोडफोड र आगजनीबाट क्षेतिग्रस्त नेपाली काग्रेसको भवन मर्मत गर्दै रंगरोगन गर्ने कार्य भइरहेको छ ।
नेपाली काग्रेस कैलालीका सभापति एंव राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले कार्यलय पुनः सन्चालनका लागि अहिले मर्मत रंगरोगन गर्ने कार्य भईरहेको बताए । उनले तत्काल जिल्ला पार्टीको कार्यलयको सन्चालनको लागि मर्मत खर्च पार्टीको आफनै लगानीमा भईरहेको बताए । उनका अनुसार जिन्जी आन्दोलनले गरेको आगजनी र तोडफोडबाट पार्टी कार्यालयको करिव १० लाखको क्षेति भएकोले सहयोग माग्ने निर्णय पनि गरिएको उनले जानकारी दिए । अहिले पनि जिल्ला पार्टी कार्यालयको बाहिरी रंगरोगन क्षेत्र ५ नम्वरको कमेटीले सहयोग जुटाई गरिरहेको उनले जानकारी दिए ।

इडटपेन 









