शान्तिपुर्ण बिरोध प्रर्दशन गर्ने जेन्जी माथि एमाले युवा संघको आक्रमण, घटनाको छानबिनको माग

धनगढी – धनगढीमा एमाले युवा नेता महेश बस्नेत पुग्दा शान्तीपुर्ण बिरोध प्रदर्शनमा उत्रिएका जेन्जी युवाहरुमाथि एमाले निकट युवा संघले आक्रमण गर्दा तनावको स्थिती सिर्जना भएको छ । केहि जेन्जी युवा घाइते भएका छन ।
घाइते भएकी धनगढी ४ की सरिता जोशीको हात भाँचिएको बताइएको छ । जोशीको देब्रे हातको हड्डी भाँचिएको छ। त्यस्तै बविता जोशी र गोपाल बोहरा पनि घाइते भएका छन्। उनिहरु निसर्ग अस्पतालमा उपचाररत छन्। बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवामाथि एमाले युवाको आक्रमण भएपछि तनाव भएको थियो । थोरै सख्यामा धनगढी पार्कमोड जिन्जी मार्ग अगाढी हातमा पिलेकार्ड बोकेर शान्तिपुर्ण बिरोधमा उत्रेका जिन्जी माथी एमालेको युवाले आक्रमण गर्न पुगेका थिए । नेता बस्नेतलाई एयरपोर्टबाटै सयौंको सख्यामा एमाले युवाहरुले जेन्जी मार्ग भएरै जुलुस सहित कार्यक्रम स्थल सम्म ल्याएका थिए । जिन्जी मार्गमा पुग्दा एमाले युवाहरुको जुलुस रोकेर सडकमा शान्तिपुर्ण बिरोध गरिरहेका जेन्जी किसोरकिसोरी माथी एक्कासी आक्रमण गरेका थिए । थोरै सख्यामा रहेका जेन्जीहरुको भागदौड मच्चीएको थियो । भागदौडको क्रममा जोशीको हात भाच्चिएको थियो ।
जिन्जीहरुले आफुहरुले शान्तिपूर्ण आन्दोलन गर्दा पनि आक्रमण भएको भन्दै घटनाको छनबिन गर्न माग गर्दै युवाहरु उजुरी सहित जिल्ला प्रशासन कार्यालयमा पुगेर उजुरी दिएका छन्।