सुदूरपश्चिम प्रदेश सरकार निर्वाचनको वातावरण बनाउन प्रतिबद्ध -मुख्यमन्त्री शाह

धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकार आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।
नेपाल सरकार, गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी लाई सम्बोधन गर्दै उनलेसंघीय सरकारसँग सहकार्य गर्दै काम गर्न प्रदेश सरकार सधैं तत्पर रहेको बताए ।
मुख्यमन्त्री शाहले नेपाल प्रहरीलाई साधन–स्रोत सम्पन्न तथा मनोबल उच्च बनाउनु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै सुरक्षा निकायलाई अझ सक्षम र प्रभावकारी बनाउनेतर्फ सरकार लाग्नु पर्नेमा जोडदिए ।
उहाँले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्दा तीनै तहबीचको समन्वय र सहकार्य अझ प्रभावकारी हुनेछ भन्ने विश्वास व्यक्त गरे ।
भाद्र २३ र २४ गतेका आन्दोलनका विषयमा बोल्दै शाहले, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रदेश सरकार कटिबद्ध रहेको उल्लेख गरे । भ्रष्टाचारविरुद्ध कानून ल्याउँदा सोहि दलका व्यक्तिहरू बढी समय कस्टडीमा बस्नुपरेको उदाहरण दिंदै, उनले भ्रष्टाचार हुने क्षेत्र पहिचान गरी कडाइका साथ सुधार प्रक्रिया अघि बढाउनु पर्नेमा जोडदिए ।
साथै उनले२०४६ र २०६३पछि मुलुकमा भएका धेरै सकारात्मक परिवर्तन भएको र नकारात्मक पक्ष मात्र टिप्पणी गर्नु अनुचित रहेको उल्लेख गर्नुहुँदै , उपलब्धिपूर्ण कामहरूको पनि मूल्याङ्कन गर्न सबै सरोकारवालालाई आग्रह गरे ।
मुख्यमन्त्री शाहले मुलुकलाइ चुनावी माहोलमा लैजाने क्रममा जनताको इच्छा, आकांक्षा र विश्वासलाई केन्द्रमा राख्नु पर्ने बताए ।