धनगढी सुदूरपश्चिम महोत्सव सोमवार २२ गते देखि धनगढीको पशुपति टोल पछाडीको खुल्ला जमिनमा भब्यताका साथमा सन्चालनमा आएको छ । यस महोत्सवको उद्दघाटन अर्थमन्त्री रामेश्वर खनालले गरेका छन ।
कैलाली उद्योग बाणिज्य संघले मंसिर २२ गतेको क्यालेनडरमा २०६३ साल देखि आयोजना गर्दै आएको छ । यो १९औं संस्करणको सुदूरपश्चिम महोत्सव हो । महोत्सव पुस २ गतेसम्म लाग्ने छ ।तीन करोडको लगानीमा आयोजना हुने महोत्सवमा १५ करोडको कारोबार हुने संघले जनाएको छ। महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायतका पाँच सय वटा स्टल रहनेछन्।कृषितर्फ ४० तथा महिला उद्यमी, एकल महिला र स्थानीय परिकारका १५ गरी ५५ वटा स्टल निशुल्क रहने छन्। महोत्सव अवधिभर सात लाख नागरिकले अवलोकन गर्ने अनुमान गरिएको छ।महोत्सवको अवलोकनका लागि विद्यार्थी र खेलाडीलाई ५० रुपैयाँ तथा सर्वसाधारणलाई एक सय रुपैयाँ टिकटदर तोकिएको छ। ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

इडटपेन 









